Rashtriya Dainik

जिससमा १२ भन्दा बढी कर्मचारी नराख्न सामान्य प्रशासनको पत्र

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति (जिसस) १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ ।

मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्दै मन्त्रिपरिषद्ले १६ असोजमा स्वीकृत गरेको जिससको सङ्गठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न पत्र पठाएको हो ।

संशोधित दरबन्दी अनुसार अब जिल्ला समन्वय समितिमा १२ जना सरकारी कर्मचारी र एक जना करारका कर्मचारी बाहेक अन्य कर्मचारी राख्न नपाइने भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित