नवलपरासी – सम्मर स्मृति प्रतिष्ठान बर्दघाट–१४ बुद्धबस्ती नवलपरासीले जनयुद्धका शहिदहरुको स्मृतिमा बिभिन्न कार्यक्रम गर्ने संस्थाकोे योजना अनुसार जनयुद्धमा शहादत प्राप्त गर्ने शहिद सुर्यबिक्रम थापा (सलिम)को शालिक अनावरण गरिएको छ ।
विहीवार सलिमको २० औं स्मृति दिवसको अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा जनमुक्ति सेनाका पूर्व डिभिजन सहकमाण्डर उदय बहादुर चलाउने (दीपक)ले शालिक अनावरण गरे । बर्दघाट–१४ स्थित शहिदस्मृति सामुदायिक अस्पताल विकास केन्द्रको प्रांगणमा आयोजित एक समारोहबीच शालिक अनावरण गरिएको हो ।
कार्यक्रममा पूर्व जनमुक्ति सेना नेपालका डिभिजन सहकमाण्डर समेत रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य उदय बहादुर चलाउने (दीपक)ले देशमा ब्यवस्था अझै नबदलिएको बताए । उनले देशमा राजनीतिको अधिरचना बदलिएको तर ब्यवस्था भने दलाल पुजीवादी रहेको कारण अवस्था नबदलिएको चर्चा गरे । उनले जनगणतन्त्र हुदै बैज्ञानिक समाजवादका लागि संर्घषको आवश्यकता रहेको औल्याए । कार्यक्रममा नेकपा( माओवादी) केन्द्रका केन्द्रीय सदस्य तथा संबिद्यानसभा सदस्य सीता वौडेलले शहिद सलीमसंगको सहकार्यको चर्चा गर्दै शहिदले देखाएको बाटोमा अगाडि बढ्नुको विकल्प नभएको बताइन् । कार्यक्रममा नेसपाका नेता तथा संबिद्यान सभा सदस्य चिनक कुर्मीले माओवादीहरु तिररवितर भएर शहिदका सपना पूरा गर्न नसकिने बताए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य अशोक लम्सालले संसदीय ब्यवस्थाको अन्त्य नगरे सम्म जनताले मुक्ति नपाउने बताए ।
पोलिटब्युरो सदस्य किशन शर्मा गैरे, केन्द्रीय सल्लाहकार ठाकुर प्रसाद चापागाईले माओवादी आन्दोलन क्षतबिक्षत भएकोले सबै एक ठाँउमा आउनुपर्ने विचार राखे । नेकपाका पोलिटब्युरो सदस्य तथा लुम्बिनी ब्युरो ईन्चार्ज बसन्त श्रेष्ठले संसदीय ब्यवस्थाको खारेजीका लागि सबै घटकहरुले आन्दोलन थाल्नुपर्ने औल्याए ।
कार्यक्रममा बर्दघाट नगरपालिका उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले शहिदहरुलाई सम्झने गरेर कार्यक्रम ल्याएको बताउदै शहिदहरु राष्ट्रकै गहनाका रुपमा रहेको बताए ।
नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग सदस्य चक्र बहादुर पराजुली, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य देबेन्द्र पाण्डे, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य बृहस्पति अधिकारी, राष्ट्रिय जनमोर्चाका ढुण्डीराज पोखरेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा शहिद स्मृति सामुदायिक अस्पतालका अध्यक्ष निमानन्द न्यौपाने, चिसापानी अस्पतालका अध्यक्ष ईन्द्र प्रसाद सापकोटा, बाल्मिकी माविकी प्रधानाध्यापक रामकुमारी पाध्या, शहिद परिवारको तर्फबाट खीमा रिजाल लगायतले शुभकामना मन्तब्य राख्दै शहिदको सपना पुरा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदी, प्रदेश संयोजक श्याम बहादुर बोहोरा, तिलक पुन, बामपन्थी नेता धर्म केसी, सलीमकी आमा मीन कुमारी थापालगायत बिभिन्न राजनैतिक दलमा प्रमुख तथा प्रतिनिधि , संघसंस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष उषा केसीको अध्यक्षता , सचिव उर्मिला थापाको संचालन, सविता लामाको स्वागतमा भएको थियो । बि.स. २०६० पौष १९ गते चितवनको जलबीरेमा बिग्रेड कमाण्डर सलिमले शहादत प्राप्त गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

