Rashtriya Dainik

लघुवित तथा वित्तीय संस्थाको विरुद्ध ऋण पीडितहरूले गरे विरोध कार्यक्रम

आरपी उपध्याय/ नवलपरासी

लघु वित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल पश्चिम नवलपरासीले “लघु वित्तीय संस्था तथा वित्तीय शोषणको विरुद्ध संघर्ष गरौ” भन्ने मुल नाराका साथ विरोध कार्यक्रम सहित सभा सम्पन्न गरेको छ।
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ३ को फेनहरामा विरोध प्रदर्शनका साथै कोणसभा सम्पन्न भएको हो।
सो अवसरमा केन्द्रीय संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघु वित्तीय संस्थाको शोषणको विरुद्धमा गरिएको निर्णायक आन्दोलन चरणबद्ध रुपमा अगाडी बढिरहेको बताउदै मुकुलमा रहेको अराजक अर्थ नितिका कारण आर्थिक क्षेत्र नै अस्तव्यस्त भएको बताउनुभयो ।
नेपालको संविधान र हालको व्यवस्था अन्तर्गत रहेर अवस्था परिवर्तन गर्नु आन्दोलनको लक्ष्य रहेको ज्ञवालीको भनाइ रहेको थियो।
सो अवसरमा लुम्बिनी प्रदेश संघर्ष समितिका अध्यक्ष एवं केन्द्रीय सदस्य बद्री देवानले लघु वित्तीय संस्था विरुद्धको आन्दोलन निर्णायक बन्दै गरेकोले आउदो फागुन १ गते लाखौं सङ्ख्याको पिडितद्वारा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने विचार व्यक्त गर्दै आन्दोलनको आधिबेरीबाट नै अराजक अर्थनीतिलाई घुडा टेकाएरै छोड्ने दाबी गर्नुभयो।
उक्त विरोध सभामा राष्ट्रिय स्वयंसेवक संघका मनोज पौडेल लगायतले पनि विरोध सभामा आन्दोलनको औचित्यबारे प्रकाश पार्नुभएको थियो।
संघर्ष समितीका जिल्ला अध्यक्ष लिला परियारको अध्यक्षतामा विरोध प्रदर्शन एवं सभा सम्पन्न भएको हो।
यसपुर्व लघु वित्तीय पिडितहरुको ठूलो समुहले बेलाटारी,फेनहरा,गङ्गापुर लगायत क्षेत्रमा प्लेकार्ड सहित नाराबाजी गर्दै बजार परिक्रमा गरेको पनि आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित