Rashtriya Dainik

राममन्दिरको प्राण प्रतिष्ठामा जानकी मन्दिरबाट ११ सय ‘भार’ आज लगिँदै

जनकपुरधाम, पुस १९ गते ।

आज जानकी मन्दिरले ११ सय कोसेली (भार) भारत उत्तर प्रदेशको अयोध्यामा नवनिमित राम मन्दिरको प्राण प्रतिष्ठामा पठाउँदै छ । जनकपुरधामबाट सयौंको संख्यामा भारसहित जनकपुरधामको परिक्रमा गर्दै त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।

मिथिलाञ्चलमा छोरीको ससुरालमा घरबास भए माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघरबाट कोसेली लग्न लागिएको हो ।

कोसेलीमा ठेकुवा, भुसुवा, खाजा, मिठाई, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री अयोध्या पुर्याउने कार्यक्रम रहेको छ ।
केहीबेरमा भार हुलाकी सडक हुँदै महोत्तरीको जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै विरगंजमा रात्री बास बस्ने छ । भोलि (शुक्रबार) बिहान सीमापारी रक्सौल हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए ।

उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्म भूमि ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भार लिएर जाने टोलि जनकपुरधाम फर्किने छ । भारसहित जनकपुरधामका मेयर मनोज साहसहित संयौंको संख्यामा श्रद्धालुहरु अयोध्या जान लागेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित