Rashtriya Dainik

चिसोमा अम्बा खानुका यस्ता छन् 10 चमत्कारी फाइदाहरु

चिसो मौसम फल्ने फल अम्बा लगभग हरेकलाई मनपर्छ। हामीले मिठो मानीमानी खाने अम्बाका फाइदा त छन् नै यसको पात पनि निकै फाइदाजनक हुन्छ । अम्बामा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम र फाइबरले भरपुर हुन्छ ।

यसबाहेक यसमा फोलेट र लाइकोपिनजस्ता अन्य पोषक तत्व पनि पाइन्छन्। अम्बामा ८० प्रतिशतसम्म पानी हुन्छ जसले छालालाई हाइड्रेट राख्ने काम गर्छ । चिसो मौसममा अम्बा खाँदा शरीरलाई के-कस्ता फाइदा पुग्छ, यसबारे जानकारी लिऔं ।

रुघा-खोकीबाट जोगाउँछः चिसोको मौसममा रुघा खोकीको समस्या साधारण नै मान्नुपर्छ। अम्बा र यसका पातमा भरपूर मात्रामा भिटामिन सी र आइरन हुन्छ जसले रुघा खोकीमा आराम प्रदान गर्छ । अम्बाले प्रतिरोधी क्षमता बढाउने काम पनि गर्छ। खोकी लाग्दा पाकेको अम्बा खानुपर्छ । त्यसैले चिसो मौसममा अम्बा खानुपर्छ। अम्बामा पाइने भिटामिन सीले आँखाको ज्योति बढाउने काम पनि गर्छ ।

मधुमेहबाट जोगाउँछः विभिन्न शोधका अनुसार अम्बाले ब्लड सुगर नियन्त्रण गर्छ। अम्बाको पातमा अर्क इन्सुलिन प्रतिरोधी र ब्लड सुगरमा निकै प्रभावकारी पाइएको छ। खाना खाएपछि अम्बाको पातबाट बनेको चिया पिउँदा ब्लड सुगर कम हुन्छ । अम्बामा ग्लाइकेमिक इन्डेक्स कम हुन्छ जसले ब्लड सुगरको स्तरलाई बढ्नबाट रोक्छ। मधुमेहका रोगीका लागि अम्बा असाध्यै फाइदाजनक छ र यो हरेक दिन खानुपर्छ ।

मुटुरोगबाट जोगाउँछ: अम्बाले मुटुलाई पनि निकै फाइदा पुर्याउँछ। अम्बामा पाइने एन्टीअक्सिडेन्ट र भिटामिनले मुटुलाई फ्रि रेडिकल्सबाट खराब हुनबाट जोगाउँछ। अम्बामा केरा जत्तिकै पोटासियम पाइन्छ जसले मुटुको स्वास्थ्यलाई दुरुस्त राख्छ । अम्बाको पातले रक्तचापलाई कम गर्छ र खराब कोलेस्ट्रोललाई घटाएर गुड कोलेस्ट्रोल बढाउँछ। एक शोधका अनुसार खाना खानुभन्दा अघि एउटा पाकेको अम्बा खाँदा रक्तचाप ८-९ पोइन्टसम्म कम हुन्छ ।

तौल कम गर्न प्रभावकारी: यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने अम्बाभन्दा राम्रो फल कुनै हुनै सक्दैन। यसमा क्यालोरीको मात्रा निकै कम हुन्छ र यो खाँदा लामो समयसम्म पेट भरिएको महसुस हुन्छ। भिटामिन र मिनरल्सले भरपुर भएका कारण तपाईंको शरीरमा कुनै प्रकारको पोषक तत्वको कमी हुनबाट पनि जोगाउँछ। यसमा सुगरको मात्रा निकै कम हुन्छ जसका कारण मोटोपन बढ्दैन ।

कब्जियतलाई टाढै राख्छः अम्बा फाइबरको निकै राम्रो स्रोत हो र यसको बियाँले पेटलाई सफा गर्न निकै फाइदा पुर्याउँछ। अम्बा खाँदा कब्जियतको समस्या टाढा रहन्छ। एउटा अम्बाले मात्रै तपाईंको हरेक दिनको फाइबरको आवश्यकतालाई १२ प्रतिशतसम्म पूरा गर्नसक्छ । यस्तै अम्बाको पातले झाडासमेत रोक्ने काम गर्छ। यसले आन्द्रामा भएका हानिकारक किटाणुलाई मार्ने काम गर्छ ।

क्यान्सरबाट जोगाउँछः अम्बाको पातमा एन्टीक्यासर गुण हुन्छ। टेस्ट ट्युब र एनिमल स्टडीजका अनुसार अम्बाले क्यान्सरको कोसिकालाई बढ्नबाट जोगाउँछ। अम्बामा पाइने शक्तिशाली एन्टिअक्सिडेन्टले फ्रि रेडिकल्सबाट जोगाउँछ। यसमा पाइने लाइकोपिन, क्वेरसेटिन र पोलिफिनोल्स पनि क्यान्सर कोसिकालाई बढ्नबाट रोक्न फाइदाजनक छ। शोधमा पत्ता लागे अनुसार अम्बाको पातको तेलमा एन्टी प्रोलिफेरेटिव पदार्थ हुन्छ जसले क्यान्सरको फैलावट रोक्न प्रभावकारी भूमिका निभाउने गर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित