Rashtriya Dainik

सहकारी महासंघको निर्वाचनको तयारीमा कांग्रेसको सहकारी विभाग

काठमाडौं : नेपाली कांग्रेसको सहकारी विभागले राष्ट्रिय सहकारी महासंघको ३१ औं वार्षिक साधारण सभा तथा अधिवेशनका लागि ७७ वटै जिल्ला सभापतिलाई परिपत्र गरेको छ ।

पूर्व गृह राज्य मन्त्री समेत रहेका विभागका प्रमुख देवेन्द्रराज कडेलले एक परिपत्र गर्दै महासंघको साधारण सभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिको विवरण ७७ वटै जिल्लासँग विवरण माग गरेका हुन् । ‘यहाँहरुको जिल्लाबाट कतिवटा संघबाट कतिजना प्रतिनिधि हुनुहुन्छ?, त्यसमध्ये लोकतन्त्रवादी साथीहरु कति हुनुहुन्छ? सो को विवरण पठाईदिन अनुरोध छ । हरेक संघबाट हाम्रा साथीहरुलाई प्रतिनिधि पठाउन आवश्यक पहल समन्वयन गरिदिनुहुन समेत अनुरोध गर्दछु’ परिपत्रमा भनिएको छ । विवरण पौष २३ गतेसम्म केन्द्रीय कार्यालयमा पठाउन समेत अनुरोध गरिएको छ ।

महासंघको निर्वाचन सहितको ३१ औं वार्षिक साधारण सभा पौष २७ र २८ गते हुँदैछ । यसअघि गत पौष ७ र ८ गते सम्पन्न नेफ्स्कूनको अधिवेशनमा गठबन्धनमा ६ जना निर्वाचित गराउन सफल भएको पनि विभागले जनाएको छ ।

यस्तै राष्ट्रिय सहकारी महासंघको आसन्न साधारण सभा तथा महाधिवेशनका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय सहकारी विभागको तर्फबाट आवश्यक परामर्श तथा समन्वय गरी महाधिवेशनलाई लोकतन्त्रवादी साथीहरुको पक्षमा नेतृत्व ल्याउन अध्ययन, व्यवस्थापन तथा समन्वय सहितका कार्य सम्पादन गरी विस्तृत जानकारी तथा प्रतिवेदन यही पौष २३ गते सम्म पेश गर्ने गरी भानुभक्त ढकाल संयोजक रहने गरी विभिन्न व्यक्तित्वहरु सम्मिलित केन्द्रीय निर्वाचन परिचालन तथा व्यवस्थापन समिति गठन समेत गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित