आरपि उपाध्याय / नवलपरासी ,१८ पुस
पुर्वी नवलपरासीको ईलाका प्रहरी कार्यालय त्रिवेणीमा सरुवा भइ आउनुभएका वरिष्ठ सब इन्सपेक्टर र स्थानीय सरोकारवालाबिच परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ।
ईलाका प्रहरी कार्यालय त्रिवेणीमा सरुवा भइ आउनुभएका वरिष्ठ सब इन्सपेक्टर सानुकाजी विष्ट र स्थानीय जनप्रतिनिधि राजनीतिक दल तथा व्यापारीबिच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो।
परिचयात्मक कार्यक्रममा शान्ति सुरक्षालाई अझ बढी भरपर्दो र विश्वसनीय रुपमा लागू गर्न सुझाव दिइएको थियो।
सो अवसरमा लागू औषध दुर्व्यसनी विरुद्ध कडा कानुनी कारवाही गरिनुका साथै सवारी चेकजाँच कार्यमा अवस्था र परिस्थिति बुझेर चेकजाँच गर्न आग्रह गरिएको बुझिएको छ।
विनयी त्रिवेणी वडा न.६ र ७ मा हुने गैरकानुनी कार्य रोक्न प्रहरी प्रशासनलाई राजनितीक दल र जनप्रतिनिधिहरुको पुर्ण सहयोग रहने पनि परिचयात्मक कार्यक्रममा आएका सहभागीहरुले बताएका थिए।
सो अवसरमा सरुवा भइ आउनुभएका वरिष्ठ सब इन्सपेक्टर विष्टले प्रहरी संगठनले दिएको जिम्मेवारी र सरोकारवाला निकायले दिएको सुझावलाई पुर्ण पालना गरि विगतको तितो परिस्थितिलाई अन्त गरि सबैको साथ र सहयोग अनुसार कार्य गर्न प्रयत्नशील रहने बताउनु भयो।
परिचयात्मक कार्यक्रममा नेपाली काङ्ग्रेसका निरन्जन थापा, वडा न.७ का वडा सदस्य प्रकाश गुरुङ्ग, समाजसेवी प्रकाश कुवर सहित स्थानिय सञ्चारकर्मीहरुको पनि उपस्तिथि रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

