Rashtriya Dainik

दलित बालबालिकाको लागि भोजन खाना तथा कापीकलम वितरण

राजन कुमार बानिया /पर्सा, १८ पुस

पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको वडा-३, कटैया गाउँमा दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई केन्द्रको बालबालिकाको लागि जन्म दिनको अवसरमा दलित बालबालिकाको लागि भोजन खाना खुवाउने तथा कापीकलम वितरण कार्यक्रम गरिएको छ।

आज जनवरी ,३ तारीख , २०२४ को दिन यस दलित बस्तिको दलित बालबालिका संग नेपालकै बरिस्ठ समाजसेवी प्रकाश आचार्य ज्युको ४४ औँ जन्म दिनमा केक काटेर एक आपसमा बालबालिकाले जन्म दिन बनाएको छ्न। बालबालिका तथा समुदायले प्रकाश आचार्यको लागि जन्म दिनको हार्दिक मंगलमय शुभकामना तथा उत्तर उत्तर प्रगतिको कामना रहेकोे छ। उहाँ ४४ औँ वर्षमा प्रवेश गर्नुभएको छ।

खानामा भात,दाल,मासु,तरकारी,पापड,सलाद र मिठाई   रहेकोे छ। ती बालबालिकाहरुको लागि कापी कलम तथा शैक्षिक सामग्रीहरु पनि वितरण गरिएको छ।

दलित बस्तीमा संचालित दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिका लगायत १७३ जना बालबालिका तथा दलित टोलको अन्य व्यक्ति गरि जम्मा २६९ जनाहरु भोजन खाना खुवाईएको छ।

सिन्धुली जिल्ला दुधौली न.पा.वडा- ४, पाखाटोल डकाहा स्थाई निवासी स्व.  बुबा ठाकुर प्रसाद आचार्य , आमा एमुना  आचार्यको छोरा नाती तथा हामी प्रकाश आचार्यको ४४ औं शुभ जन्मोत्सवको सुखद सु- अवसरमा पिसफोर दलितस फाउन्डेसन नेपाल,पर्साले संचालन गरिएको दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा केन्द्रको बालबालिकाको लागि भोजन / खाना खुवाउने कार्यक्रमको लागि रु. ४६१४७.५०/- अक्षरेपी छियालिस हजार एक सय सैतालिस रुपैया पच्चास पैसा आर्थिक सहयोग गर्नुभएको छ।
नेपालकै बरिस्ठ समाजसेवी प्रकाश आचार्य प्रत्येक वर्ष नेपालमा दलित बालबालिकाहरुलाई सहयोग तथा खाना भोज खुवाएर आफ्नो जन्म दिन मनाउने गर्नुभएको छ। हाम्रोको शैक्षिक अभियानमा सहयोग गर्नुभएको छ। नेपालको विभिन्न स्थानमा निरन्तर सहयोग गरिरहनु भएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपालको सहयोगमा संचालित दलित बालबालिकाको लागि निशुल्क टियुसन कक्षा र दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षामा प्रोत्साहन र जागरुकता हुनको लागि यो खाना खुवाउने कार्य गरिएको छ।

यस कार्यक्रमले दलित बालबालिका , अभिभावकमा प्रेणा , उत्साह , जागरुकता र शिक्षा प्रती ध्यानाकर्षण हुने उदेश्य लिएको छ। साथै दलित बालबालिकाको शिक्षा प्रति चासो बढ्ने , बालबालिका विद्यालय पढ्न पठाउने, टियुसनमा पेठाउने , घरमा बस्ने वातावरण बनाउने , गुणस्तरीय शिक्षामा जोड दिएको छ। 

यस जन्म दिनको अवसरमा जन्मोत्सव कार्यक्रममा पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष मनोज राम , सचीव दीपेन्द्र राम ,  पारमानन्द राम सदस्य अशोक राम , सदस्य सुरेन्द्र पासवान , सदस्य सन्जोग राम , बिनोद राम, दलित महिला सदस्य , दलित अगुवा तथा बालबालिकाको सहभागिता रहेकोे छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित