Rashtriya Dainik

जिल्ला समन्वय समिती कपिलवस्तुको छैठौं जिल्ला सभा सम्पन्न

पार्वती आचार्य
कपिलवस्तु पुस १८ ।
जिल्ला समन्वय समिती कपिलवस्तुले छठौं जिल्ला सभा सम्पन्न भएको छ । जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षताका जिल्लाका दश स्थानियतहका मेयर, उप मेयरहरुको सहभागितामा सभा सम्पन्न गरिएको हो ।
जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यले नीती तथा कार्यक्रम प्रस्तुत गर्दै जिल्लामा हुने बालविवाह अन्त्यका लागि रणनैतिक कार्ययोजना २०७४ कार्यान्वयन गर्न जिल्लाका सबै नगरपालिका तथा गाउंपालिकाहरुले पालिका स्तरीय बालविवाह अन्त्यको रणनैतिक कार्ययोजना बनाई बालविवाह तथा लैंगिक हिंसा अन्त्यको लागि विशेष अभियान संचालन गर्न गराउन अनुरोध गर्ने कार्ययोजना प्रस्तुत गर्नुभयो ।
लैंगिक हिंसा पिडित असहाय, असक्त तथा अनाथका लागि संचालित आश्रय गृहको सहयोग तथा लैंगिक हिंसा सम्बन्धी जनचेतना मुलक अभियानका लागि पालिकाहरु र सहयोगी संघ संस्थालाई अनुरोध तथा समन्वय गरिने , युवा नीती , जिल्ला स्तरिय बिभिन्न खेलकुदहरु , स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु ः जिल्लामा लागू भएको बहुउद्देश्यीय पोषण कार्यक्रम प्रभावकारी बनाउने योजना प्रस्तुत गर्नुभयो ।
यस्तै जिल्लाको साझा रुपमा रहेको छाडाचौपाया स्थायीरुपले दिगो व्यवस्थापन गर्न सम्भावित स्थानको पहिचान गरी सबै स्थानियतहसंग सहजीकरण गर्ने , बालमैत्री जिल्ला घोषणा , लैगिंक हिंसा अन्त्य र युवा बिकास सम्बन्धि नीती तथा कार्यक्रम संचालन गर्ने , वातावरण मैत्री जिल्ला बनाउन प्लाष्टिकलाई निरुत्साहित गर्ने , पूर्ण सरसफाई मुक्त जिल्ला बनाउन पहलकदमी गर्ने योजना प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला भित्रका सबै नगरपालिका र गाउंपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुका लागि आवश्यक पर्ने विभिन्न किसिमका क्षमता विकास तालिम कार्यक्रम जिल्ला समन्वय समिति मार्फत संचालन गर्नका लागि प्रस्ताव तयार गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र प्रदेश सरकारलाई आवश्यक बजेट व्यवस्थापनको लागि अनुरोध गरिने , सेवा प्रवाहमा एक रुपता ल्याउन स्थानियतहका प्रमुखहरुसंग नियमित बैठक गर्ने लगाएतका १७ बुँदे नितीहरु प्रस्तुत गर्नु भएको थियो ।
समग्र जिल्लाको बिकासको लागि सबै पालिका लागिपर्न आवश्यक भएको बताउँदै कपिलवस्तु जिल्ला कर्णाली प्रदेश भन्दा पनि बाल विवाह र बिभिन्न हिंसामा अगाडी भएको हुँदा यस बिषयमा जिल्लाको समग्र बिकासको लागि एक पालिका र एकवडाले मात्र बिकास गरेर नहुने भएको हुँदा सम्पूर्ण पालिका संवेदनसिल भएर लाग्नुपर्ने बताउनु भयो । भौतिक बिकासका हिसावले जिल्ला अगाडी छ भने मानव सुचांकमा यस जिल्ला धेरै पछाडी भएको हुँदा समाज परिवर्तन तर्फ लाग्न सम्पूर्ण पालिकाहरुलाई आग्रह गर्नुभयो ।
यसैगरी सभामा जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलले जिल्ला समन्वय समिती कपिलवस्तुको गत बर्षको आयव्यय र यस आर्थिक वर्ष ०८०÷०८१ को अनुमानित बजेट , अनुमानित आम्दानी विवरण र अनुमानित आम्दानी तथा खर्च विवरण तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामा जिल्ला समन्वय समिती मौज्दातकोष अन्तरगत स्थानियतहमा संचालित योजनाहरुको विवरण मौजदात कोष , पोषण कार्यक्रम , बालमैत्री शुसासन , गरिवी निवारण कार्यक्रम , मर्मत सम्भार कार्यक्रम लगाएतको बिषयमा प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला समन्वय समितीका पूर्व प्रमुख नारायण प्रसाद खनालले जनताले के पायो भन्ने बिषयमा प्रष्ट बोल्न नसक्नु दुखको कुरा भएको बताउनु भयो । छाडाचौपाया व्यवस्थापन गर्न तिन तिन वटा पालिकाहरु मिलेर सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो । छाडाचौपायाले आवतजावतमा धेरै समस्या दिएको हुँदा जिल्लाका सामुदायिक बनहरुसंग समन्वय गर्नुपर्नेमा जोडदिनु भयो । साथै एकघर एक करेसाबारीको नीतीलाई कार्यान्वयन गर्न स्थानियतहहरु लागिपर्नुपर्ने बताउनु भयो । अब बन्ने भवनहरु निर्माण गर्दा अपांगमैत्री भवन निर्मार्ण गर्नुपर्ने र जिल्ला समन्वय समितीको समन्वयमा बस्ने नियमित बैठकका लागि सबै पालिकाहरु जिम्मेवार हुनुपर्ने पूर्व समन्वय प्रमुख खनालले बताउनु भयो ।
कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले सभामा प्रस्तुत भएका नीती तथा कार्यक्रमहरु जिल्लाको बिभिन्न समस्याहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्ने योजना सहितको भएको बताउनु भयो । जिल्लामा समस्याको रुपमा रहेको छाडाचौपाया व्यवस्थापनका लागि बनहरुसंग समन्वय भैरहेको बताउँदै छाडाचौपाया व्यवस्थापनकालागि मन्त्रालय , डिभिजन बन कार्यालय लगाएतका कार्यालयहरुमा ज्ञापन पत्र बुझाई सकिएको बताउनु भयो ।
किसानहरुले लगाएको खेतीवाली छाडाचौपायाहरुले सखाप पारिदिंदा खेती स्याहार्न नपाएको बताउनु भयो । जिल्लामा शिक्षा , स्वास्थ्य र बिभिन्न हिंसाहरुलाई न्यूनिकरण गर्ने बिषयमा बिषेश ध्यान दिने र जिल्लाको बिकासको लागि सबैको ऐक्यवद्धता हुनुपर्ने मेयर श्रेष्ठले बबताउनु भयो । जिल्ला समन्वय समितीका सदस्य मनोहर धुनियाले स्थानियतहहरुलाई अन्तर अनुगममन कार्यहरु राख्न आग्रह गर्नुभयो ।
सभामा जिल्लामा बिकराल रुपमा रहेको छाडाचौपायाहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल गरिएको थियो । बाणगंगा नगरपालिकाले छाडाचौपाया नियन्त्रण गर्न बिभिन्न योजना बनाएर नगरका बिभिन्न स्थानहरुमा कान्जीहाउस निर्माण गरी छाडारुपमा देखिएका चौपायालाई व्यवस्थापन गरिरहेको मेयर चक्रपाणी अर्यालले बताउनु भयो ।
जिल्ला समन्वय समिती कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद दिंदै जिल्लाको समस्या बाल विवाह , लैगिंक हिंसा , सरसफाई , स्वास्थ्य , मातृमृत्युदरको अवस्थालाई सुधार गर्न स्थानियतह लगाएत बिभिन्न सरोकारवालाहरु लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य सुमित्रा दमाईको स्वागत तथा जिल्ला समन्वय समितीका उप प्रमुख रमेश कुर्मीको धन्यवाद र खरिदार सुरेन्द्र प्रसाद बेल्वासेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीका पदाधिकारीहरु , दश स्थानियतहका मेयर , उपमेयरहरु , कर्मचारीहरु , संचारकर्मी लगाएको सहभागिता रहेको थियो । मुख्यमन्त्री सुधार कार्यक्रमलाई पुन सुचारु गर्न प्रदेशसंग समन्वय सहकार्य गर्न समेत जिल्ला समन्वय समितीलाई आग्रह गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित