Rashtriya Dainik

काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

काठमाडौं– काठमाडौं जिल्ला अदालतबाट बधुबार एक जना थुनुवा फरार भएका छन्। म्याद थपका लागि लगिएका विमल खड्का नाम गरेका थुनुवा फरार भएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

उनी प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा थिए। म्याद थपका लागि अदालत लगिएकोमा अदालतबाटै फरार भएको पाइएको छ। उनी कुन कसुरमा पक्राउ परेका थुनुवा हुन् भन्नेबारे प्रहरीले केही बताएको छैन।

प्रहरीले उक्त घटनालाई गुपचुमा राखेर खोजी कार्य सुरु गरेको छ। फरार थुनुवाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिए पनि अहिलेसम्म भेटिएको छैन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित