प्यूठान,१८ पुस
प्यूठानको ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कार दिने व्यवस्था गरेको छ । गाउँपालिकाको गएको आइतबार बसेको १४ औं गाउँसभाले बालविवाह न्यूनीकरणका लागि बालविवाह भएको वा हुन लागेको जानकारी दिनेलाई २५ हजार रूपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष नविलविक्रम शाहले गाउँसभाबाट बालविवाह रोकथाम र न्यूनीकरणका लागि विशेष कार्यक्रमसहित अग्रसर रहने कार्यक्रम तय गरिएको जानकारी दिए । गाउँपालिकामा बालविवाह गर्नेको संख्या अत्यधिक देखिएपछि त्यसको रोकथामका लागि बालविवाह गर्नेको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
बालविवाह भएको, हुँदै गरेको वा हुन लागेको जानकारी गाउँपालिका, प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई गराउनेलाई २५ हजार पुरस्कार दिइने उनले बताए । यसले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे । बालविवाहसम्बन्धी सूचना दिनेको नाम गोप्य राखिने अध्यक्ष शाहले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

