Rashtriya Dainik

मन्दिर क्षेत्रलाई देशकै उत्कृष्ट धार्मिक शक्तीपिठको रुपमा विकास गर्नुपर्छ : सांसद बिनाेद चाैधरी

नवलपरासी , १८ पुस ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिका अन्तर्गत वडा न. १ भिठ्ठा बर्गदवामा आज देखी श्रीश्री १०८ शतचण्डी महायज्ञ शुरु भएको छ । श्री बाउण्नगढी काली मन्दीर संरक्षण प्रबद्र्धन गर्ने उदेश्यले श्री शतचण्डी महायज्ञ आयोजक मुल समितीद्धारा आयोजीत महायज्ञमा उल्लनीय भक्तजनहरुको सहभागीता रहेको थियो ।


महायज्ञको कार्यक्रमको शभआरम्भ समारोहमा प्रमुख अतिथीको रुपमा बोल्दै नेपाली कांग्रेसका नेता एवंम् यस क्षेत्रका संघीय सांसद विनोद चौधरीले यस मन्दिर क्षेत्रलाई देशकै उत्कृष्ट धार्मिक शक्तीपिठको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । सो अवसरमा बोल्दै नेता चौधरीले यस क्षेत्रको धार्मिक पर्यटकीय विकासका लागी बृहद गुरुयोजना तयार गरी त्यसको कार्यान्वयनमा आफु लाग्ने बिचार राख्नुभयो । यस क्षेत्रको समग्र धार्मिक बिकासलाई नवलपुरको शाश्वधाम संग जोड्न सके यस क्षेत्रको पर्यटकीय विकास सम्भव रहेको बताउनुभयो ।
सोही अवसरमा लुम्विनी प्रदेश सभा सदस्य देवकरण प्रसाद कलवार ( सन्तु ) ले संघीय साँसद विनोद चौधरीको पहलमा एक बर्षको अवधिमा धैरे विकास निमार्ण कामले प्राथमिकता पाएको जीकिर गदैैै आगामी दिनमा थप विकास हुदै जानेमा यस क्षेत्रका जनता आशावादी रहेको बताउनुभयो ।

सो अवसरमा प्रतापपुर गाउंपालिकाका उपाध्यक्ष मान कुमारी चौधरी , वडा न. ३ का वडा अध्यक्ष रिषी देव दास पटेल ,प्रतापपुर गाउंपालिकाका वडा न. ३ का वडा अध्यक्ष रिषी देव दास पटेल , आयोजकको तर्फबाट ईन्दल प्रसाद यादव लगायतले बोल्नुभएको थियो । सो महायज्ञ शुभआरम्भ नारायण चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालक कुमार आलेले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित