Rashtriya Dainik

पुर्व राजा ज्ञानेन्द्र शाहद्वारा पश्चिम नवलपरासीको बर्दघाटे स्थित शक्तिपिठको दर्शन र पुजापाठ

आरपि उपाध्याय / नवलपरासी ,१७ पुस

पुर्व राजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको बर्दघाटे स्थित शक्तिपिठको दर्शन र पुजापाठ गर्नुभएको छ।
सरावल गाउँपालिका वडा न.७ अन्तर्गत रहेको बर्दघाटे स्थित दुर्गा भगवती र शिव मन्दिरमा पुजापाठ गर्नुभएको मुल समारोह समितिका संयोजक सुधिर कुमार पाण्डेले जानकारी दिनुभएको छ।

लुम्बिनी प्रदेशको विभिन्न शक्ति पिठहरुमा पुजाआजा गर्ने क्रममा पश्चिम नवलपरासी आइपुग्नु भएका पुर्व राजा शाहले बर्दघाटे स्थित मन्दिरमा पुजा गरि केही बेर मन्चासिन रहनुभएको थियो।
सो अवसरमा प्रतिनिधि सभा सदस्य एवं रा.प्र.पा. नेता ध्रुव बहादुर प्रधानले सबैमा स्वागत तथा किर्तज्ञता ज्ञापन गर्नुभएको कार्यक्रम सञ्चालक एवं रा.प्र.पा. पश्चिम नवलपरासीका कार्यवाहक जिल्ला अध्यक्ष रामजीबाबू पराजुलीले जानकारी दिनुभयो।

पुर्व राजा शाह बर्दघाटे मन्दिर आइपुग्दा मन्दिर वरिपरि रहेका ठूलो सङ्ख्याका नरनारीहरुले फुलगुच्छा दिई स्वागत गरेका थिए।


पुर्व राजा शाह धार्मिक प्रयोजनका लागि मात्र मन्दिरमा पुजापाठ गर्ने उद्देश्यले आउनु भएको आयोजकले बताएपनि पुर्व राजाको यो भ्रमणलाई सुक्ष्म ढंगको राजनीतिक भेटघाट हुनसक्ने राजनीतिक विश्लेषणहरुले अनुमान गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित