रन्जीत शर्मा / नवलपरासी ,१५ पुष ।
पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न. १ महेशपुरमा अवस्थित रमपुरवा साना किसान कृषि सहकारी संस्था लि०को २७ औं वार्षिक साधारणसभा आज एक कार्यक्रम बीच सम्पन्न भएको छ ।
संस्थाको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै लेखा संयोजक ध्रुव नरायण गौड तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक रियाज अलि अन्सारीले १५१० जना सेयर सदस्य रहेको संस्थाले आ.ब. ०७९/०८० मा १७ करोड ७३ लाख ३० हजार ६ सय १५ रूपयाँको कारोबार गरेको बताए।

रमपुरवा साना किसान कृषि सहकारी संस्था लि० का अध्यक्ष हेमन्त कानुको अध्यक्ष्ाता तथा लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवालको प्रमुख अथितिक्तामा सम्पन भएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जयसवालले सरकारी संस्थाहरुलाई उद्यमशीलता तर्फ लगानी गर्न जोड दिएका छन्। उनले भने ” सहकारी संस्थाले स्थानीय गरीब जनताको आर्थिक अवस्थामा निकै नै ठूलो योगदान दिएको बताउँदै अब युवाहरुलाई देशमै काम गर्न माहोल बनाउन सस्तो व्याज दरमा ऋण प्रवाह गर्न लाग्न बताए।

कार्यक्रममा ४ न. वडा अध्यक्ष रविन्द्र सहानी,साना किसान विकास लघुबित्तिय संस्था वुटवल शाखाका अधिकृत निरञ्जन निसाद,ईलाका प्रहरी कार्यालय महेशपुरका इन्स्पेक्टर फल बहादुर तामाङ,राम प्रसाद भुसाल,रमपुरवा साना किसान कृषि सहकारी संस्थाका पुर्व अध्यक्ष महातम बिश्वकर्मा,पत्रकार लक्ष्मी हरिजन, समाजसेवी चुलाइ यादव लगायतको अतिथिक्ता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य रविन्द्र पटेल ले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन तथा प्रतिवेदन रियाज अन्सारी तथा लेखा प्रतिबेदन लेखा संयोजक ध्रुव नरायण गौडले प्रस्तुत गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

