Rashtriya Dainik

पृथ्वीनारायण शाहको शालिक अनावरण

कपिलवस्तु, पुष १४

पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका– ३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वी नारायण शाहको जंगी शालिक अनावरण गरेका छन्।

खरैन्द्रपुर स्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ पछि उनले शालिक अनावरण गरेका हुन। पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए।

पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गरेका थिए ।
कार्यक्रममा राजतन्त्रको पक्षमा नारा लगाएका थिए। शिवराज नगरपालिकाला मेयर अजय थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए।
शिवराज नगरपालिकाकाद्वारा २५ लाखको लागतमा निर्माण गरिएको शालिक अनावरण गरिएको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित