Rashtriya Dainik

शनिवारको खेलको फर्साटिकर कपमा बिश्वशान्ती युवा क्लब विजयी

तुलसीराम पौडेल / रुपन्देही ,पौष १४

रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष ९ गतेदेखि संचालित शुद्दोधन गाउँपालिका ११ औं फर्साटिकर कप प्रतियोगिता अन्तरगत शनिबार विश्वशान्ती युवा क्लब सालझण्डी र कपिलवस्तु -११ कपिलवस्तु बीच प्रतियोगिता भएको थियोे ।

प्रतियोगितामा बिश्वशान्ती युवा क्लब सालझण्डीले शुन्यका विरुद्ध ५ गोलको अन्तरले कपिलवस्तु -११ कपिलवस्तुलाई पराजित गरि टिमलाई शानदार विजय गराएको छ।विश्वशान्ती युवा क्लबका जर्सी नम्बर ११ का फागुराम चौधरीले ५ पटक सम्म गोल हानेर विजय गराएका थिए ।

जर्सी नम्बर ११ का फागुराम चौधरीले खेल शुरु भएको १५ औ मिनेटमा पहिलो गोल ,६४ मिनेटमा दोस्रो गोल ,७१ मिनेटमा तेस्रो गोल ,७७ मिनेटमा चौथो गोल र ८६ मिनेटमा पाचौ गोल हानी टिमलाई विजयी गराएका थिए ।

शनिबारको खेलको म्यान अफ द म्याच बिश्वशान्ती युवा क्लबका जर्सी नम्बर ११ कै खेलाडी फागुराम चौधरी घोषित भए।फर्साटिकर युवा क्लबका संस्थापक अध्यक्ष दामोदर पङ्गेनिले म्यान अफ द म्याच पुरस्कार वितरण गर्नु भयो ।

आइतबारको खेल हनामी बि एफ सि चितवन भर्सेस सुनौलो संगम देविनगर बीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित