Rashtriya Dainik

सखुवा प्रसौनि १ मा गाउँपालिकाले गरिरहेको क्रियाकलाप बारे छलफल

पर्सा, १४ पुस

नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह आज सखुवा प्रसौनि गाउँपालिका वडा नं. १ दोहरी गाउँका स्थानीयहरु संग गाउँपालिकाले गरिरहेको क्रियाकलाप बारे छलफल गरेका छन् ।

छलफलको क्रममा स्थानीयहरुले गाउँमा रहेका समस्या बारे नेता साहलाई अवगत गराएका छन । यो दोहरी टोल सखुवा प्रसौनी गाउँपालिकाको रहे पनि यो टोलमा आवतजावत गर्नेको लागि पर्सागढि नगरपालिकाको बाटो प्रयोग गर्नु बाध्यता रहेको छ ।

गाउँपालिकाको कार्यले जानको लागि आफ्नै टोलको बाटो प्रयोग गरेर जान सकिन्छ तर पुर्व गाउँपालिका अध्यक्ष देखि हाल निर्वाचित अध्यक्षलाई अन्डवाखोलामा पुल निर्माण नहुँदा समस्या भैइरहको छ। त्यसै गरी टोलमा रहेको प्रा बि स्कुलको अवस्था नाजुक रहेको छ १ जना स्थाई शिक्षक सहित जम्मा चार जना शिक्षक मात्र रहेको छ । पठनपाठन राम्रो छैन ।

त्यसैगरी जमुनीया खोलाको कारण यस गाउँपालिकाकाको वार्डहरु प्रभाबित हुन्छ । तर जनप्रतिनिधिहरु आफ्नो स्वार्थ पुरा गर्नको लागि ५ करोडको टेन्डर ६५ लाखमा पटेर्वा सुगौली गाउँपालिकालाई खोला टेन्डर गर्न दिएकोबारे नेता साहलाई जनकारी गराउदै दुखेसो पोखेका छन ।

छलफल पश्चात नेता शिवकुमार साह र स्थानीयहरु समस्या रहेका ठाउँलाई स्थलगत भ्रमण गरी समस्या समाधान आफ्नो तर्फबाट छिटो भन्दा छिटो गर्ने आफुबाट नभए आफु भन्दा अगाडि रहेका नेताहरुलाई जानकारी गराई समस्या समाधान गर्न तथा गराउने आश्वासन दिएका छन् ।

छलफलमा माओवादीका नेताहरु प्रदिप चौधरी, पारसनाथ साह, हटन चौधरी, हरिलाल राम लगायत राजनीतिक दलका नेता कार्यकर्ताहरु स्थानीय रामजनम पटवारी, दिपनरायण महतो, धर्मराज पटवरी, प्रदिप दास थारु, आदिवासी जनजाति समाजका पदाधिकारीहरु एवं स्थानीयहरुको सहभागिता रहेको थियो

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित