.
बिहादी, पर्वत ।
पर्वतको बिहादी गाउँपालिकामा एक दिने नि:शुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ विहादी गाउँपालिकाको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ३७७ जनाले निःशुल्क प्राविधिक तथा उपचार सेवा लिएका थिए जसमध्ये महिला २०८ र पुरुष १६९ जना रहेका थिए २२० जना दृष्टि कमजोर भएका बिमारीलाई निःशुल्क चश्मा ,औषधि दिएको थियो ।
पालिका उपाध्यक्ष मिना शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिहादी गाउँपालिकाका ६ वटा वडाका वडा अध्यक्ष ,सदस्य लगायत जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रममा स्वागत मन्तब्य बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले गर्नुभएको थियो भने कार्यक्रम वहाकीठांटी स्वास्थ्य चौकीमा भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

