Rashtriya Dainik

रुपन्देहीको सियारी ६ स्थित ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारीको आठौं वार्षिक साधारण सभा सम्पन्न

तुलसीराम पौडेल / रुपन्देही ,१४ पौष

रुपन्देहीको सियारी गाउँपालिका -६ रामगन्ज स्थित ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारीको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भयो ।जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंले एक कार्यक्रमका बीच साधारण सभाको उदघाट्न गर्नुभयो ।

सो अवसरमा बोल्दै उहाँले ज्ञान विज्ञान सहकारी गुणस्तरीय बिउ उत्पादक सहकारीको नामले स्थापित हुन सफल भएको र आगामी दिनमा पनि निरन्तर पहिचान राख्न सफल हुनुपर्नेमा जोड दिनु भयो ।

प्रदेश कृषि निर्देशनालय प्रमुख रामप्रसाद पाण्डेले ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारीलाई कृषक हितको लागि प्राविधिक सहयोग गरिने बताउनु भयो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिव अर्याल , सियारी वाड नम्बर -५ का अध्यक्ष धनपती खरेल ,कृषि विकास बैंक दयानगर शाखाका प्रमुख विनोद पाण्डे , लुम्बिनी विशिस्ट कृत सहकारी संघका संचालक सदस्य झपेन्द्रराज अर्याल ,नारी एकता महिला विकास बचत तथा ऋण सहकारी संस्थाकि अध्यक्ष हुमकान्ती भुर्तेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

कार्यक्रममा मकै ,धान ,गहुँ , तोरी बाली उत्पादकका उत्कृष्ट किसान र चारै बालिका सर्वोकृष्ट किसानलाई सम्मान गरिएको थियोे ।त्यसै गरि जेष्ठ नागरिकलाई पनि सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष डुनराज शर्माबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियोे भने लेखासमिती संयोजक अनिरुद्र पाण्डेबाट लेखा प्रतिवेदन प्रस्तुत गरिएको थियोे ।

सहकारीका अध्यक्ष डुनराज शर्माको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यता, प्रदेश कृषि निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेको विशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सहकारीका उपाध्यक्ष रुपा कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सहकारीका कार्यसमिति सदस्य चन्द्रकान्त शर्माले गर्नुभएको थियो ।


ज्ञान विज्ञान बिउ उत्पादक कृषि सहकारी संस्था गुणस्तरीय बिउ उत्पादक सहकारीको नामले पहिचान स्थापित भएको कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका थिए ।यस सहकारीले उत्पादन गरेका धान ,गहुँ ,तोरि र मकैका बिउ आफ्ना छिमेकी स्थानीय निकाय शुद्दोधन ,तिलोत्तमा, कोटही माइ ,गैडहवा लगायत अन्य जिल्ला अन्तरगत बाण गङ्गा नगरपालिका ,राप्ती सोनारी गाउँपालिका ,राप्ती गाउँपालिका ,बदैयाताल गाउँपालिका ,वारवर्दिया नगरपालिका ,ऎरावती गाउँपालिका ,टिकापुर नगरपालिका ,रामपुर नगरपालिका ,देवचुली नगरपालिकामा पठाउने गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित