राजन कुमार बानिया /पर्सा ,१४ पुस
प्रेस चौतारी पर्साको विशेष जिल्ला अधिवशेन सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल पर्सा जिल्ला अध्यक्षमा तुलसी भण्डारी चयन भएका छन् ।
शुक्रबार सम्पन्न विशेष जिल्ला अधिवशेनले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो ।
भण्डारीको अध्यक्षमा विशेष अधिवेशन २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, उपाध्यक्ष (महिला) निलम पन्त, सचिवमा राकेश कुमार शाह, कोषाध्यक्षमा सन्तोष पटेल चयन भएका छन ।

यस्तै, समितिको सहसचिव धनन्जय मिश्र र सहसचिव (समावेशी) मा भने कृष्ण कुशवाहा चयन भएका हुन ।
साथै सदस्यमा राजन रौनियार ,एस के चौरसिया ,राजन बानिया, आरोहन साह , रसमि राज भन्डारि , पन्नालाल साह , राजन कुमार सिंह , आनन्द पटेल ,मुस्तुफा आलम ,दिपेन्द्र कुमार साह ,सोभा धमला,एन्जल चौधरि,कमला भन्डारि ,नितेश कर्ण ,कृष्ण कुमार श्रीवास्तव,अखिलेश साह ,सेख सजाद हुसेन ,राजु साह,नविन कर्कि ,राम कुशवाहा,बलिराम यादव र उर्मिला सापकोटा चयन भएका हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

