मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ । भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी चर्चा गरिन्छ ।
पेट दुखेको बेला ज्वानोको दाना चपाएर खाए पेट दुखेको निको हुन्छ । ज्वानोको गेडामात्र नभएर तेल, फूल र बोटबिरुवालाई समेत विभिन्न रोगमा औषधीका रूपमा प्रयोग गरिन्छ ।मसिना किराहरूलाई घरबाट भगाउन समेत यसको प्रयोग गर्न सकिन्छ । कानको दर्द, दाँतको दुखाई र रुघाखोकी, मुटुका समस्या, जोर्नीका समस्या र नाक बन्द हुँदा समेत यो अति प्रभावकारी हुन्छ ।
हेर्नुहोस् के–के छन् ज्वानोका फाइदा :
१. पेट दुखाईमा ज्वानो : ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा तत्काल लाभ हुन्छ । मन तातो पानीमा अलिकति ज्वानो थोरै नुन हालेर खाएमा पेटमा भएको अपच ठिक भएर जान्छ । खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि फरक पर्दैन ।
२. सर्दीमा ज्वानो :सर्दी अथवा रुघाघोकीमा ज्वानो अमृततुल्य हुन्छ । १५ देखि २० दिनसम्म लगातार भुटेको ज्वानो २ ग्राम जति खाने हो भने ठिक हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीमा फाइदा गर्छ । ३. दममा ज्वानो : दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज बनाउँछ । ज्वानो र सखर मिलाएर दैनिक खाने हो भने दम रोगलाई निकै फाइदा पु¥याउँछ ।
४. मधुमेहमा ज्वानो : १ चियाचम्चा ज्वानोको दाना र ४ चियाचम्चा बेलपातको जुस दिनको दुईदेखि तीनचोटी खाँदा मधुमेह नियन्त्रण हुन्छ ।
५. रक्सी छुटाउन : ज्वानो प्रयोग गरेर बनाइएको ‘काँढापानी’ प्रत्येक रात सुत्नेबेला ३० मिलिलिटर करिब ५० दिनसम्म सेवन गर्ने हो भने यसले रक्सी अम्मली हटाउन सहयोग गर्छ ।
६. हैजामा ज्वानो : हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहायक हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ ।
७. मिर्गौलामा हुने पत्थरीमा ज्वानो: ज्वानो, मह र चुक अमिलो सम्मिश्रण नियमित १० दिनसम्म प्रयोग गर्ने हो भने यसले मृगौलाको पत्थरीलाई गलाउन सहयोग पु-याउँछ ।
८. तौल घटाउनमा ज्वानो : ज्वानोमा पेटमा भएका धेरै रोगलाई हटाउने सामथ्र्य छ । यसले दिसा खलास बनाउँछ र तपाइको तौल घटाउनमा समेत सहयोग पु-याउँछ ।
९. पेट फुल्ने रोग र वायुविकारमा ज्वानो : वायुविकार र पेट फुल्ने रोगमा जादुगरी औषधी हो ज्वानो । ज्वानो उमालेर त्यसको वाफ खाने हो भने उल्लिखित रोगहरूमा धेरै नै लाभ हुन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

