काठमाडौं । किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न आवश्यक छ । –भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । –एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने । – काटेको धनियाँलाई राम्रोसँग धुने । –एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।
–पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने । –१० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने । –यसरी सेलाएको पानी एक ग्लास पिउने । –दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ । –किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

