Rashtriya Dainik

सरावलकाे भुजहवामा निशुल्क आँखा शिबिर सम्पन्न, ६०२ जनाले गराए निःशुल्क आँखा जाँच

उमेश बि.क / नवलपरासी ,१३ पुष

पश्चिम नवलपरासीको सरावल ७ भुजहवामा निशुल्क आँखा शिबर सम्पन्न भएको छ।

कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आयाेजनामा संस्थाका अध्यक्ष याेगेन्द्र प्रसाद बानियाँकाे अध्यक्षता तथा सरावल गाउँपालिकाकाे अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा निशुल्क आँखा शिबर सम्पन्न भएको हाे ।

नेपाल नेत्र ज्योति संध लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान , डा. विनोद निता कण्डेल आखाँ अस्पता परासीकाे प्राविधिक सहयोगमा आयोजना भएको शिविरमा ६०२ जनाले आँखा जाँच गराएका मध्ये २६३ जना मोतियाविन्दुका बिरामी फेला परेको सहकारीका अध्यक्ष याेगेन्द्र प्रसाद बानियाँकाे जानकारी दिनुभएको हाे।

निशुल्क आँखा शिबरकाे कार्यक्रमलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरीले कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बितिय काराेबारकाे गर्नुकाे साथसाथै सामाजिक क्षेत्रमा पनि काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । यश संस्थाले सामाजिक उदरदायित्व निर्वाह गरेको बताउदै पालिकाले गर्ने काम यश संस्थाले गरेको बताउदै पालिकाबाट छिट्टै २ ठाउँमा शिबिर सन्चालन गर्ने कुरा जानकारी गराउनुभएकाे थियो ।अत्यन्त संवेदनशील मानिएको मानव स्वास्थ्य क्षेत्रमा सरावलले सहज र सुलभ तरिकाले काम गरिरहेको बताउँदै यस्तो सेवा आफूले निरन्तर दिँदै जाने प्रतिबद्धता जनाउनुभयाे। वहाँले कोही पालिकावासीलाई भोको र कसैलाई रोगीको रुपमा रहन नदिने प्रतिबद्धता समेत जनाउनुभयाे ।


कार्यक्रममा सरावल ६ का वडा अध्यक्ष छाेटेलाल गुप्ता , वडा नम्बर ७ का वडा अध्यक्ष हयात खाँ धुनिया ,नेपाल नेत्र ज्याेति संघ नवलपरासीको काेषाध्यक्ष लक्ष्मी नारायण गुप्ता, नेपाल नेत्र ज्याेति संघ नवलपरासीको शाखा अधिकृत नेत्र मगर लगाएतले कार्यक्रममा आफ्नाे धारणा राख्नुभएको थियो ।


अँखाको उपचार गर्न पैसा र समयको अभाबका कारण सुबिधा सम्पन्न ठाउँसम्म जान नसक्नेहरुकोलागी ठूलो राहत पुगेको नेपाल नेत्र ज्याेति संघ नवलपरासीको शाखा अधिकृत नेत्र मगरले बताएका छन।


कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे सामाजिक सुरक्षा उपसमिति संयाेजक जितेन्द्र बरईकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन सन्ताेष कुमार बरईले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित