Rashtriya Dainik

नवलपरासीमा स्कुटी दुर्घटना हुदा चालकको मृत्यु

संजय कुशवाहा  /  नवलपरासी १३ पौष

 परासी- महेशपुर सडक खण्डकाे परसियामा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ ।
पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वाड नं ३ परसिया निवासी बिर्जु तेली गुप्ताले आफै चलाई रहेकाे यूपी ५६ एडी ३८२३ नम्बरको  स्कुटीमा मल लिई खेतमा जाने क्रममा अचानक चक्कर लागी स्कुटी आफै अनियन्त्रित भई बाटो छेउको कुलोमा खस्न जादा उनकाे घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

पारिवारिक स्रोतका अनुसार उनी पहिले देखिनै बल्ड प्रेसर र मुटु सम्बन्धी बिरामी रहेको बुझिएको हो । मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न पश्चात पोष्टमार्टमका लागी पृथ्वी चन्द्र अस्पताल परासी लगिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो  ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित