Rashtriya Dainik

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

राजन कुमार बानिया /पर्सा ,१३ पुस

पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यालय एकटाङ्गाबाट खटिएको सयुँक्त प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ७ रघुनाथपुरका २० वर्षीय देवनारायण महरालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित