तुलसी राम पौडेल /रुपन्देही ,१३ पौष
रुपन्देहीको शुद्धोधन गाउपालिका-४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा पौष ९ गतेदेखी शुद्धोधन गाउपालिका ११ औ फर्साटिकर कप प्रतियोगिता बिहीवार फर्साटिकर युवा क्लब र न्यु युथ युनियन पाल्पा बीच खेल प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा फर्साटिकर युवा क्लबले शुन्यका बिरुद्ध २ गोलको अन्तरले न्यु युथ युनियन पाल्पालाई पराजित गरि विजय हात पारेको हो।
फर्साटिकर युवा क्लबका जर्सी न १४ का सुजन रानाले खेलको पहिलो हाफको ३९ औ मिनेटमा पहिलो गोल र दोस्रो हाफको १६ औ मिनेटमा दोस्रो गोल गरि आफ्नो टिमलाई विजय गराउन सफल भएका थिए।

फर्साटिकर युवा क्लबका जर्सी न ११ का अनिल बानिया क्षेत्रीले खेलको २२ औ मिनेटमा पहेलो कार्ड पाएका थिए।
न्यु युथ युनियन पाल्पाका जर्सी न २८ का सन्दिप मगरले खेलको ६४ औ मिनेटमा पहेलो कार्ड पाएका थिए।
त्यसै गरि सोही टिमकै जर्सी न ९ का लक्ष्मण आलेले ६८ औ मिनेटमा पहेलो कार्ड पाएका थिए। बिहिवार सम्पन्न म्यान अफ द म्याच फर्साटिकर युवा क्लबका जर्सी न १४ का सुजन राना घोषित भए। म्यान अफ द म्याच घोषित सुजन रानालाई फर्साटिकर कपका खेल संयोजक अमृत खड्काले पुरस्कार प्रदान गर्नुभयो। शुक्रबार फस्ट क्वाटर फाइनल खेल अन्तर्गत सम्पुर्ण युवा क्लब सुपौली भर्सेस लिस्नु युवा क्लब कोटिहवा बीच प्रतिस्पर्धा हुने खेल संयोजक अमृत खड्काले जानकारी दिनुभयो।

प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ७५ हजार ५ सय ५५ रुपैया मेडल प्रमाणपत्र र दोस्रो पुरस्कार १ लाख ३५ हजार ५ सय ५५ रुपैया कप मेडल प्रमाणपत्र रहेको क्लबका अध्यक्ष मुकेश कुवरले बताउनुभयो। शुद्धोधन गाउपालिका ११ औ फर्साटिकर कप पौष २१ गते समापन हुने आयोजकले बताएका छन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

