Rashtriya Dainik

काचो काठको चिरपट दाउरा प्रहरीकाे नियन्त्रणमा

राजन कुमार बानिया /पर्सा ,१२ पुस

पर्साको पर्सागढी नगरपालिका वडा नं ७ छठीघाट बह्रमबाबा नजिक खोलाको छेउमा छुटा छुटै दुई ठाउँमा लाखौ मूल्यको काचो काठको चिरपट दाउरा अाज बिहान प्रहरीले बरामद गरेको छ।

जंगलबाट चोरी कटान गरि काठ तस्कर हरुले अबैध रुपमा काचो रुख पडानी गरि ल्याई चिरपट दाउरा बनाई लुकाई छिपाई राखेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामराजा केसरीको कमाण्डमा गएको टोली काठको चिरपट दाउरा बरामद गरेका छन।

यसको जानकारी पाए पछी सो ठाउँमा ईप्रका एकटनगा ,डिभिजन बन कार्यालय रंगपुरका प्रमुख कपिलदेव यादव र बिन्दबासनी ,कोइलाभार बढनिहार साझेदारीका अध्यक्ष रिजवान अालम को टोली पुगेर चिरपट दाउरालाई बढनियार बनबाट ट्रेकटर मंगाई तीन ट्रेकटर दाउरा डिभिजन बन कार्यालय बढनिहार पठाएका छन।

काठ तस्करहरुले सो चिरपट दाउरा चोराई लुकाई स्थानिय ईटाभठा हरुमा लगन को लागी राखिएको स्थानियहरु अाशंका रहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित