के तपाई पेटको बोसो घटाउन चाहानुहुन्छ ? बोसो लागेर हैरान हुनुभएको छ ? यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।
तर आफ्नो भान्सामा पाइने यी खानेकुरा नियमित सेवन गर्नुभयो भने तपाइको बोसो नियन्त्रण हुन्छ। बजारमा पाइने धेरै जसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ। जसले तपाईंको शरिरलाई फाइदा भन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । त्यसैले आज देखि नै यी खानेकुरा खान सुरु गर्नुहोस् ।
१.लसुन
लसुन एक प्राकृतिक एन्टी बायोटिक हो भने यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।
२.ग्रीन टी
पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ, जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।
३.केरा
यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ, जसले तौल कम गर्न सहयोग गर्दछ ।
४.पुदीना
एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।
५.दालचीनी
यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको सेवन गर्ने उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।
६.स्याउ
स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ, जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन भने तौल पनि कम गर्न मद्दत गर्दछ ।
७.ओमेगा थ्रीले भरपुर खानेकुरा
तोफु, पालुङ्गो, चिज, ओखर, अन्डा लगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

