पार्वती आचार्य / कपिलवस्तु,११ पुस
बाल विवाह अन्त्यका लागि जिल्ला स्तरिय कार्यान्वयन तथा अनुगमन समितीको बैठक कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । युएनएफपीएको आर्थिक तथा प्राविधिक सहयोग , सिद्धार्थ सामाजिक बिकास केन्द्रको समन्वय तथा जिल्ला समन्वय समिती कपिलवस्तुको आयोजनामा जिल्ला स्तरिय अनुगमन समितीको बैठक सम्पन्न गरिएको हो ।
बैठकमा कपिलवस्तुमा बाल विवाहको अवस्थाको बारेमा जानकारी दिंदैं नेपालमा बालविवाहको अवस्था , लुम्बिनी प्रदेशमा बाल विवाहको अवस्था र बाल विवाहका कारणहरु , स्वास्थ्यमा वालविवाहको प्रभाव लगाएको बिषयमा सिद्धार्थ समाजिक बिकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेलले सहजीकरण गर्नु भएको थियो । बाल विवाह हुनेमा लुम्बिनी प्रदेश अग्रपंतीमा रहेको छ ।
बैठकमा जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले वालविवाह हुनेमा बाँके जिल्ला पछिको कपिलवस्तु जिल्ला भएको बताउनु भयो । बाल विवाह न्यूनिकरणका लागि बिभिन्न संघ संस्थाहरुको धेरै सहयोग रहेको भन्दै धन्यवाद दिनु भयो । कपिलवस्तु जिल्ला बिकासको हिसावमा पछाडि छैन मानविय सुचांकमा धेरै पछाडि परेको हुँदा यस बिषयमा पालिकाका प्रमुख , उपप्रमुखहरुको मुख्य भूमिका रहने बताउनु भयो । आर्थिक सहयोग जिल्ला समन्वय समितीबाट हुन नसके पनि समन्वय समितीको पूर्ण समन्वय सहकार्य रहने प्रतिवद्धता जनाउनु भयो ।
बैठकले यस आर्थिक वर्षमा निम्मतम दुई दुई वटा वडा बाल विवाह मुक्त वडा घोषणा गर्नुपर्ने र बाल विवाह अन्त्य सम्बन्धि सरोकारवालाहरुलाई बिभिन्न क्षमता बिकासका कार्यक्रमहरु संचालन गर्नुपर्ने बैठकले निर्णय गरेको छ । भने हरेक तिन तिन महिनामा जिल्ला स्तरिय बैठक अनिवार्य संचालन गर्ने निर्णय समेत गरेको छ । बैठकले निर्णय गरे अनुसार सम्पूर्ण पालिकाले तोकिएको समयमा नै वाल विवाह मुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।
यसैगरी बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगंगा नगरपालिका बालमैत्री मुक्त , वाल विवाह मुक्त र बालश्रम मुक्त नगर घोषणा भईसकेको बताउनु भयो । नगरपालिकाले कार्ययोजना निर्माण गरी फोकल पर्सनको जिम्मा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखालाई दिईएको मेयर अर्यालले बताउनु भयो ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले गाउँपालिकाको वडा नं. १ र २ मा बाल विवाह मुक्त घोषण भएको र अन्य वडाहरुको लागि पालिकाले प्रयास गरिरहेको बताउँदै आफ्नो कार्यकालमा पालिकालाई बालविवाह मुक्त घोषणा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यस्तै बिजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले वाल विवाह अन्त्यका लागि रणनिती योजना निर्माण गरिएको बताउनु भयो । वालमैत्री मुक्त , वालविवाह मुक्त घोषणाका लागि पालिकाले बजेट विनियोजन गरिएको र बैठकले तोकेको समय अवधिमा बाल विवाह मुक्त घोषणा गर्ने उपाध्यक्ष चौधरीले प्रतिवद्धता जनाउनु भयो ।
बुद्धभूमि नगरपालिका वडा नं. १० का वडा अध्यक्ष संन्दिप पाण्डेयले वालविवाह समाजमा समस्याको रुपमा रहेता पनि विगतको तुलनामा केही कमी हुँदै आएको बताउनु भयो । बुद्धभूमि बालविवाह मुक्त घोषणा भैसकेको छ भने वालमैत्री मुक्त र बालश्रम मुक्त नगर घोषणाका लागि नगरपालिकाले तयारी गरिरहेको जानकारी दिनुभयो ।
युएनएफपीएका जिल्ला कार्यक्रम बिज्ञ संजय शर्माले राष्ट्रिय जनगणना २०७८ अनुसार २० देखि २४ बर्ष उमेर समूह मध्ये १५ वर्ष उमेर समूहका ३ प्रतिशत , १८ वर्ष उमेर समूहमा १९ प्रतिशत र २० वर्ष उमेर समूहमा ५५ प्रतिशत महिलाको वालविवाह भएको तथ्यांकबारे जानकारी दिनु भयो ।

जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचार्यको अध्यक्षतामा , समन्वय समितीका उपप्रमुख रमेश कुर्मी , समन्वय अधिकारी भूमिराज पोख्रेल , यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारी , कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ता , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

