उमेश बि.क / नवलपरासी ,११ पुस
पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलियामा निर्माणाधिन उद्योगको ट्रष्ट भत्किदा १० जना घाईते भएका छन् ।

कजरिया रमेश टाइल्स उद्योगको निर्माणाधिन ट्रष्ट क्रेनले जाेडिरहेकाे अवस्थामा आज साझ भत्किएको हो ।

२ बिगहा क्षेत्रफल भित्र रहेको उद्योगकाे ट्रष्ट भत्किदा १० जना घाईते भएका छन जसमध्ये १ जना गम्भीर रहेको प्रहरीले जानकारी दिइएका छन । घाइते सबै मजदुर रहेको बताइएको छ । उनिहरुको उपचार बर्दघाटमा रहेको चौपत्ता सामुदायिक अस्पतालमा भईरहेको प्रहरीले जानकारी दिइएका छन।

घटना बुझ्न पत्रकार जादा कम्पनीको कर्मचारी घट्ना स्थल प्रबेश गर्न नदिई घट्ना ढाकछोप गरिरहेका छन ।

स्थानीय कामदारकाे घरपरिवार आफ्नो परिवारलाई खाेज्ना आउदा कम्पनीका कर्मचारी थर्काएर पठाउने गरेको स्थानीय बताउँछन् । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

