Rashtriya Dainik

पाेखरिया मेयर कपकाे फाइनलमा बिन्दवासिनी लाई हराउँदै कालिकामाई प्रबेश

राजन कुमार बानिया /पर्सा ,१० पुस

पोखरिया नगरपालिकाको वडा नं ६ सिरिसिया सेडाफिल्डमा भईरहेको टि २० पांचाै मेयर कप क्रिकेट प्रतियाेगिता अन्तर्गत अाज भएकाे दाेस्राे सेमिफाइन खेलमा कालिकामाई गाउँपालिकाले जित हासिल गरेका छन।

बिन्दवासिनी गाउँपालिकालाई हराउँदै कालिकामाई गाउँपालिकाले प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेको हो।

पहिलो टस जितेर व्याटिङ गरेकाे बिन्दवासिनी क्रिकेट कल्बले १९.४ ओभर खेल्दै अल बिकेट गुमाउँदै १५६ रन बनाएकाे थियाे भने । त्यसपछि १५७ रनकाे लक्ष्यसहित जवाफी व्याटीङमा उत्रेकाे कालिकामाई क्रिकेट कल्बले १७.५ ओभर मै ६ बिकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गरि जित हासिल गरेर फाईनलमा प्रवेश गरेका छन। अाजको खेलको म्यान अफदी म्याच २० बलमा ४६ रन बनाएका कालिकामाई कै क्याप्टन अर्जुन शर्मा घाेषित भएका छन ।

प्रतियाेगिताकाे फाइनल खेल शनिबार कालिकामाई र पाेखरिया नगरपालिका बिच हुने आयाेजकले जनाएकाे छ । कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ताले जितको खुशिमा खेलाडी हरुलाई शुभकामना बधाई दिदै भने म कालिकामाई गाउँपालिकाका युवाहरुको साथमा छु। सदै युवा खेलाडी हरुको साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको हो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित