आरपी उपध्याय /नवलपरासी १० पौष
ज्योति बौद्ध विहार गुम्बा समिती विनयी त्रिवेणी ७ पुर्वी नवलपरासीको छैठौं वार्षिक साधारणसभा त्रिवेणीको शिवपुरगढीमा मङ्गलबार सम्पन्न भएको छ।
ज्योति बौद्ध विहार गुम्बा समितीका अध्यक्ष सिंह बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडाध्यक्ष नुरेन्द्र शाहले धार्मिक सद्भावबाट नै शान्ती समाजको स्थापना गर्न सकिने हुँदा सो कार्यका लागि बुद्धको शिक्षाबाट लक्ष्य प्राप्त गर्न सकिने धारणा राख्नुभयो।
कार्यक्रममा त्रिवेणी गजेन्द्र मोक्ष क्षेत्र विकास समितीका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बुद्ध शिक्षाबाट नै सम्पुर्ण मानव जातिको कल्याण हुने हुँदा भगवान बुद्धबाट प्रतिपादित शिक्षाले सबै खाले हिंसाको अन्त्य गरि अहिंसाको मार्ग प्रशस्त हुने विचार व्यक्त गर्नुभएको थियो।
साधारणसभामा संस्थाका अध्यक्ष सिंह बहादुर थापाले अध्यक्षको प्रतिवेदन र सचिव चित्र बहादुर पुनले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सो अवसरमा बौद्ध सेवा समाजका पदम बहादुर राना,सल्लाहकार खेम बहादुर राना र संस्थाकी उपाध्यक्ष रुपा राना लगायतले बुद्ध शिक्षाको सान्दर्भिकता वर्तमान समयमा पनि ताजै रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा साधारणसभाले आगामी दिनहरूमा भेला,गोष्ठी र अन्तर्कृयाको माध्यमबाट जनमानसमा अझ बढी प्रभावकारी ढङ्गले बुद्ध ज्ञान सम्बन्धि प्रशिक्षण दिने निर्णय भएको बताइएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

