राजन कुमार बानिया
पर्सा १० पुस
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव बिदाको दिनमा पनि जनताको सेवाको लागि घरदैलो गर्दै हिडेका छन। उनले आफु जनता, सुशासन र विकासको पक्षमा काम गर्दै आएको बताए । यस गाउँपालिकाका जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै उनले यस गाउँपालिकाका जनताले आफू लाई पाच वर्ष सेवा गर्न का लागि मोका दिएको ले यसलाई आफू आत्मसात गर्दै दिनरात काम गरिरहेको बताए। अहिले आफू जगरनाथपुर गाउँपालिकाको सडक,शिक्षा र स्वास्थ प्रती बडि ध्यान दिएको र यसलाइ सुधार गर्न हरसम्भव कामहरु गरिरहेको बताए ।
त्यस्तै आज उनले जगरनाथपुर गाउँपालिकाको वडा न.५ टोल मसिहानीमा यहि बैशाख ६ गते देखि हुन गैइरहेको श्री बिष्णु महायज्ञ मा रु.१५ लाख नगद सहयोग गर्ने घोषणा पनि गरेका छन। थप सहयोगका लागि आफू जहिले पनि तयार रहेने उनले बताए
अहिले वृद्धवृद्धालाई संरक्षण गर्न र हरेक सुबिधा जस्तै वृद्धभत्ता लगायत अन्य सेवा सुबिधा घर सम्म नै पुर्याउन का लागि काम गरिरहेको जानकारी गताए।त्यस्तै बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत आफुहरु योजना बनाइ रहेको बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

