Rashtriya Dainik

सरावल गाउँपालिकाद्वारा ३ दिने माछापालन क्षमता विकास तालिम सम्पन्न

उमेश बि.क / नवलपरासी ,९ पुस

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा ३ दिने माछापालन क्षमता विकास तालिम सम्पन्न भएको छ।

सरावल गाउँपालिका पशु सेवा शाखाकाे आयाेजनामा वडा नम्बर ४ वडा अध्यक्ष सुरेश यादवकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको छ।

तालिममा प्रमाणपत्र वितरण गर्दै पालिका अध्यक्ष चाैधरीले पोखरी निर्माण देखि माछाको जातीय छनौट तथा आहार व्यवस्थापन माछा पालनमा बिशेष ध्यान दिनुपर्ने बताउनु भएको हो । माछा पालनले नगद आम्दानि हुने भएकोले युवाहरु यश कामप्रति चासो राख्दै बैदेशिक रोजगारलाई निरुत्साहित गर्नुपर्छ । गाउँपालिकाले विभिन्न कृषि कार्यको लागि अनुदान दिइएको हुनाले कृषि कार्यमा सबैले ध्यान दिइएर लाग्न अनुरोध गर्नुभएको हो।

त्यस्तै पालिका उपाध्यक्ष बासमति हरिजनले माछा पालनबाट आत्मनिर्भर बन्ने काम गर्नुपर्नेमा जोडदिदै आत्मनिर्भरताका लागि पालिकाबाट विभिन्न कार्यक्रम तथा सहयोग साथ रहने बताउनुभयो ।

३ दिने माछापालन क्षमता विकास कार्यक्रम सहभागीकाे तर्फबाट सरस्वती चाैधरी ,ओम प्रकाश चाैधरीले तालिममा सिकेका सिकाई र अनुभव राख्नुभएको थियो ।

तालिममा सहभागिलाई माछा पालनका लागि आवश्यक २० कि.लाे चुना, भिटामिन र औषधि सहितका सामग्री वितरण समेत गरिएको थियो ।

तालिममा सरावल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मकाे ४९ जना कृषिहरुको सहभागीता रहेको थियो ।

तालिमको सहजिकरण बिज्ञ केन्द्र परासी बरिस्ठ मत्सय बिकास अधिकृत सरवण कुमार चाैधरी , बिज्ञ केन्द्र परासी पशु चिकित्सक भरत काफ्लेले गर्नुभएको सरावल गाउँपालिका पशु सेवा शाखा प्रमुख याम अर्यालले जानकारी दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित