काठमाडौं, ९ पुस । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को इतिहास मै पहिलो पल्ट नेपाली काङ्ग्रेसको नेतृत्वमा केन्द्रिय सहकारी संघले नेतृत्व गर्ने इतिहास कायम गरेको छ ।
बिशेष गरि काङ्ग्रेसका तर्फबाट केन्द्रिय सहकारी बिभागको प्रमुखका रुपमा जिम्मेवारी सम्हालदै सुझबुझ पुर्ण नेतृत्व गर्न सफल केन्द्रिय सदस्य तथा सहकारी बिभाग प्रमुख आदरणीय देवेन्द्रराज कडेलको नेतृत्व दायी भुमिकामा सहकारी अभियन्ताहरु, सयुक्त प्यानलका अभियन्ता लगायत कर्मठ ब्यक्तित्वहरुको प्रयासबाट गठबन्धनको मर्मलाई आत्मसाथ गर्दै गठित संयुक्त प्यानल बनि अध्यक्ष सहित प्रमुख पदहरुमा संयुक्त प्यानलले जित दर्ज गर्न सफल भएको छ।
संयुक्त प्यानलका तर्फबाट अध्यक्षमा सहकारी अभियन्ता चन्द्र ढकालसहित प्रमुख पदहरुमा बिजयी हुन सफल सम्पुर्णमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

