Rashtriya Dainik

मितेरी कृषि सहकारी संस्था लि. को ९ औं वार्षिक साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,९ पुस

मितेरी कृषि सहकारी संस्था लि. प्रतापपुर ७ गुठी सुर्यपुरा पश्चिम नवलपरासीको ९ औं वार्षिक साधारणसभा सोमबार सुर्यपुरामा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।


साधारणसभामा प्रमुख अतिथि समेत रहनु भएका संविधान सभा सदस्य एवं लुम्बिनी प्रदेश सदस्य देवकरण कलवार (सन्तु) ले ग्रामीण भेगका जनताहरुको आर्थिक क्रियाकलाप बलियो बनाउन सहकारी संस्था बलियो माध्यम रहेको चर्चा गर्दै सहकारी संस्थाको अधिकान्श साधारणसभाहरुमा रासायनिक मलहरुको उद्योग खोलिनु पर्ने माग आउने गरेकोमा रासायनिक मलको उद्योग स्थापना बारे आफुले जोडदार रुपमा आवाज उठाउदै आएको बताउदै किसानद्वारा गरिने आन्दोलनमा आफुले आन्दोलनको अगुवाइ गर्ने जिकिर गर्नुभयो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले किसानलाई आर्थिक रुपमा सुदृढ बनाउन रोजगारी र व्यवसायमुलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडी बढाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

साधारणसभामा अध्यक्ष चौधरीले अध्यक्षको प्रतिवेदन र व्यवस्थापक कृष्ण कुमार गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
सो अवसरमा प्रतापपुर गाउँपालिका वडा न.७ का वडाध्यक्ष हरेन्द्र यादव, प्रतापपुर बहुमुखी सहकारी संस्था बेलाटारीका अध्यक्ष मुक्तिनाथ पाण्डे,गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता,नेपाली काङ्ग्रेसका राजु अधिकारी,लेखा समिती संयोजक निम नारायण चौधरी,पुर्व लाइजन अधिकृत विश्वबन्धु यादव लगायतले सहकारी गतिविधिमाथी प्रकाश पार्नुभएको थियो।

साधारणसभामा जेष्ठ नागरिक सम्मान, असल बचत कर्ता सम्मान र बाल बचत कर्ताहरुलाई कदरपत्र सहित सम्मान गरिएको संस्थाका सचिव प्रकाश पण्डितले जानकारी दिनुभएको छ।

संस्थाले गत आ.व. मा ६ लाख १७ हजार शुद्ध नाफा गरेको जानकारी गराइएको थियो भने संस्थामा कुल १७४९ सेयर सदस्य आबद्ध रहेको संस्थाले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित