Rashtriya Dainik

एकिकृत सरकारी कर्मचारी सँगठनद्धारा थलारा गाृउपालिका ९ का भुकम्प पिडितहरुलाइ राहत बितरण

दोरेन्द्र खड्का/ बझाङ ,९ पुस

आज एकिकृत सरकारी कर्मचारी सँगठनले भुकम्प पिडितहरुलाइ राहत बितरण गरेको छ ।

जिल्लाको थलारा गाउँपालिका वडा न ९ का ३० परिवार भुकम्प पिडितहरुलाई एकिकृत सरकारी कर्मचारी सँगठनले राहत स्वरुप फाइबर सिरक बितरण गरेको हो ।

असोज १६ गते गएको भुकम्प बाट पिडित परीवारलाइ चिसोको समयमा राहत पुगोस भन्दै राहत बितरण गरिएको एकिकृत सरकारी कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलले बताउनुभयो । संगठनमा आस्थावान सम्पुर्ण कार्मचारीहरुको सानाे सानाे सहयाेग संकलन गरि राहात बितरण गरिएकाे अध्यक्ष रावलले बताउनु भयाे।


एकिकृत कर्मचारी सँगठनका अध्यक्ष कपिल रावलको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत कर्मचारी सँगठनका केन्द्रिय उपाध्यक्ष निर्पराज जोशी प्रमुख अतिथी रहनुभएको थियो ।

त्यस्तै कार्यक्रममा थलारा गाउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बिष्ट,कर्मचारी सँगठनका केन्द्रिय सदस्य कर्ण खड्रका बिशिष्ट अतिथी रहनुभएको थियो । जिल्ला कमिटी सदस्य हिक्मत बहादुर खड्रका ,गणेश बिष्ट अतिथी रहनुभएको थियो । राहत स्वरुप फाइबर सिरक पाएपछि भुकम्प पिडितहरु खुसी भएका छन्

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित