रंजीत शर्मा/नवलपरासी, ९ पुष।
पश्चिम नवलपरासीमा प्रहरीले श्रृखलाबद्ध चोरी गर्ने गिरोहलाई प्रक्राउ गरेको छ।पक्राउ पर्नेमा रामग्राम नगरपालिका वडा नम्वर ६ पोखरापाली वस्ने बर्ष १९ का कृष्णमोहन अग्रहरी बनिया, त्यस्तै रामग्राम ५ बस्ने २७ बर्षिय अमृत अग्रहरी र रामग्राम ७ वस्ने ३१ बर्षे रोशन आर्चाय रहेका छन ।
उनिहरुले जनस्वास्थ्य कार्यालय परासीबाट विभिन्न सामाग्री चोरी गरेको प्रहरीले जनाएको छ । त्यस्तै सुनवल नगरपालिका अन्तर्गत चोरी गर्ने वर्दघाट वडा नम्वर १ घर भैइ हाल सुनवल ३ खैरेनी बस्ने २१ बर्षे अविनाश पंगेनी, गुल्मि मुसीकोट ९ का सुवाश विश्वकर्मा र रोल्पा खुमेल गाँउपालका ३ का मिलन घर्ति मगरलाई प्रहरीले प्रक्राउ गरेको छ ।
जनस्वास्थ्य कार्यालयबाट कम्प्युटर सेट थान १, माउन्टेन साइकल १ थान, गरि १ लाख १३ हजार मुल्य वरावरको सामाग्री चोरी गरेका थिए । उनिहरुलाई प्रहरीले आज विहान रामग्राम नगरपालिका वडा नम्वर ७ उजैनीबाट नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै सुनवल नगरपालिकाबाट चोरी गरिएका ३ थान मोवाइल, घडि २ थान, पेन ड्राइभ १ थान, कार्डरिडर १ थान, चाँदीको बाला २ थान, ग्यास चुलो र सिलिन्डर १ थान, हेडफोन १ थान, प्रेसर कुक्कर १ थान, स्टेलको थाल २ थान, इलेक्ट्रीक जग १ थान र तामाको सानो ठुलो पाला गरेर ४ थान सामाग्री समेत उनिहरु वस्ने डेराबाट प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक रेशम बोहराले जानकारी दिएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

