राजन कुमार बानिया / पर्सा ,९ पुस
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ थरुहटी जंगल क्षेत्रबाट आज बिहान बाघले आक्रमण गरेका एक युवकको मृत अवस्थामा शव फेला परेको छ।
मृतकको पहिचान थरुहटी गाउँ निवासी बाबुलाल राउत ढागडको अन्दाजी ३२ वर्षिय छोरा मनोज राउत ढागड रहेको ईलाका बन डिभिजन कार्यालय रंगपुरका बन अधिकृत कपिलदेव यादवले जनाएका छन।
घटनाको खबर सुनेर घटना स्थलमा रंगपुर बन अधिकृत कपिलदेव यादव र ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली प्रनि रामराजा केसरीको कमाण्डमा गएको टोलीले पुगेर घटना स्थलको जानकारी दिएका अनुसार मनोज राउत ढागड अाईतबार अबेर सम्म गाउँको नजिक काम गरिरहेको बेला साझमा खोला तिर दिशा गर्न गएको बेला जंगलबाट अाएको बाघले सानो खोला नजिकबाट तीन सय मिटर भित्र लगी अाक्रमण गरि मारेको प्रहरीले जनाएका छन।

घटना स्थलमा मृतकको टाउको ,एउटा दाहिना भागका खुटा रहेको र १० मिटरको दुरीमा मृतक ढागडको जाकेट,मोबायल र सुर्तीको डब्बा रहेको प्रहरीले जनाएका छन। प्रहरीले घटना स्थलबाट मृतकका शव पोस्टमार्टमको लागि नारायणी अस्पताल बिरगंज लगने त्यारी भईरहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

