Rashtriya Dainik

सशस्त्र प्रहरीद्वारा २० वटा अवैध पशु चौपाया पक्राउ

वीरगन्ज ,९ पुष

सशस्त्र प्रहरी बल पर्साले अवैधरुपले भित्राएको पशु चौपाया नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलले भन्सार छलि गरि ल्याएको भैसी, पाडा र पाडी लगाएतको २० वटा पशु चौपायाहरु पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल १३ नम्बर गणको मातहत रहेको सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको गाडी मोबाईल टोलीले जगरनाथपुर गाऊपालिका वडा नम्बर ४ बिजबनिया स्थितबाट भैसी ७ वटा,रागा४, पाडा
८ र पाडी १ गरि २० वटा पशु चौपाया नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए।

उक्त पशु चौपाया करिब ३ लाख ८५ हजार रुपैयाँ बराबरको पक्राउ गरि आवश्यक कारबाहीको लागि विरगंज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरीको प्रबक्ता श्रेष्ठले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित