Rashtriya Dainik

अवैध रुपमा नेपाल ल्याइएको भैंसी,पाडा प्रहरीकाे नियन्त्रणमा

आरपि उपाध्याय / नवलपरासी ,९ पुस

ईलाका प्रहरी कार्यालय बेलाटारी पश्चिम नवलपरासीले प्रतापपुर ४ दक्षिणी सिमावर्ती ईलाकाबाट अवैध रुपमा नेपाल ल्याइएको भैंसी,पाडालाई आज बिहान नियन्त्रणमा लिइएको छ।

प्रतापपुर गाउँपालिका दरखासे क्षेत्रमा सिमापार भारतबाट अवैध रुपमा नेपाल ल्याइएको अवस्थामा भैंसी,पाडापाडी सहित ६ को सङ्ख्यामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभएको छ।

सिमावर्ती प्रहरी चौकी पचफेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक शेर बहादुर थापा समेतको प्रहरी टोलीले भैंसी,पाडापाडीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रहरीले नियन्त्रणमा लिएको भैंसी, पाडापाडीको अन्दाजी मूल्य २ लाख २० हजार रहेको छ भने प्रहरीले नियन्त्रणमा लिएको चौपायालाई थप कानुनी कारवाहीको लागि महेशपुर कार्यालय भन्सारमा पठाइएको जानकारीमा आएको छ।

प्रतापपुर गाउँपालिकाको दक्षिणी सिमानाकाबाट अवैध क्रियाकलापमा बढोत्तरी भएपछी प्रहरीले पनि अभियान कै रुपमा चेकजाँच कार्यलाई अगाडी बढाएको जनाएको छ।

यसपुर्व प्रतापपुर गाउँपालिका ५ धर्मौली क्षेत्रबाट ४ दिन पहिले प्रहरीले १ ट्याक्टर पियाज बरामद गरि सवारीसाधन र पियाजलाई महेशपुर भन्सार पठाएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित