Rashtriya Dainik

कपिलवस्तुकाे दशगजा क्षेत्रमा सरसरफाई तथा निरीक्षण

कपिलवस्तु । नेपाल–भारत सीमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसरफाई तथा सिमा स्तम्भको मर्मत गरिएको छ ।कपिलवस्तुको विजयनगर गाउँपालिका- ७ सँग जोडिएको नेपाल–भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीकाे टोलीले संयुक्त रुपमा सरसफाई तथा सिमा स्तम्भको निरीक्षण र मर्मत गरेको हो ।

नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठले सिमा स्तम्भ क्षेत्रमा सरसफाई र सिमा स्तम्भको अवस्थाको बारेमा भारतीय एसएसबीसहितको टोलीले सरसफाई तथा सिमा स्तम्भको निरीक्षण गरिएको बताए । उनले नेपाल–भारत सिमा क्षेत्रको दत्तपुर र गेडुवाजाेत–परसरामपुर क्षेत्रमा ११ वटा पिल्लर अवस्थित ५७७÷६ नम्बर सिमा स्तम्भ (दशगजा) क्षेत्रमा सरसफाई र मर्मतसहित सिमा स्तम्भहरुको निरीक्षण गरिएको बताउनुभयाे । उनले हराएका र भत्किएका सिमा स्तम्भहरुको निर्माण र मर्मतसम्भारको लागि सम्बन्धित निकायमा पहल भइरहेको बताउनुभयाे ।

अइतवार नेपाल सशस्त्र प्रहरी बल (बिओपी) डालपुरका सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठ र भारतीय कुसाहवा कैम्प एसएसबी सिमा बल अस्थायी नेपाल र भारत सिमा सिमा प्रहरी लगायत टोलीले सिमा स्तम्भ क्षेत्रमा सरसफाई र सिमा स्तम्भको निरीक्षण र मर्मत गरेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार नेपाल–भारत सीमा क्षेत्रका धेरै जसो सीमा स्तम्भ वरिपरि फैलिएको झाँडीसमेत सरसफाई गरिएकाे छ । तराईका जिल्लामा आउने बाढीका कारण सिमा स्तम्भहरु भत्किने र हराउने गरेका छन् । कतिपय सिमा स्तम्भहरु नदीकै धारमै परेका कारण भत्किने र हराउने गरेका छन् ।

स्थानीयबासीका अनुसार सिमावर्ती तराईका जिल्लाहरुमा हरेक वर्ष बाढीका कारण सिमा स्तम्भहरु थप जोखिममा पर्ने गरेका छन् । वर्षेनी नदीमा आएको बाढीका कारण नेपालतर्फ कटान गर्दै आएको छ । वर्षायाममा नदीको बहाव परिवर्तन भएसँगै सिमानाहरु परिवर्तन हुने समस्या छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित