Rashtriya Dainik

सरावल गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न ,चुस्तदुरुस्त काम गर्न पालिका अध्यक्षलाई सुझाव

उमेश बि.क / नवलपरासी ,८ पुष

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकावासीहरुले चुस्तदुरुस्त काम गर्न पालिका अध्यक्षलाई सुझाव दिएका छन ।

सरावल गाउँपालिकाकाे आयोजना र रेडियो परासीकाे सहजिकरणमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालहरुले पालिकाको विविध शाखा र कामका बारेमा सुझाव दिएका थिए।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएका विकास निर्माण तथा सेवा प्रवाहका सन्दर्भमा भएको सार्वजनिक सुनुवाईमा सरावलबासीले गाँउपालिकालाई शिक्षा, स्वास्थ्य, कृषिको विकासमा विशेष जोड दिदै खानेपानी आयोजना सम्पन्न गर्न पहल गर्न सुझाव दिएका थिए ।

खेलकुदको क्षेत्रमा कार्यक्रम भएपनि खेलाडी उत्पादनमा पनि पालिकाले चासो दिनुपर्नेमा जोड दिदै स्थानियले युवा लक्षित कार्यक्रम ल्याउन पनि माग गरेका छन् । सिपमुलक तालिम संञ्चालन र त्यसको उपयोगिताको विषयमा पनि सहभागिहरुले प्रश्न उठाएका थिए । साथै गाँउपालिकाको प्रशासकिय भवन निर्माण र अस्पताल निर्माणको विषयमा पालिका गम्भिर बनेर काम गर्नुपर्नेमा उनिहरुको जोड थियो ।

गाँउपालिकाले पुर्वाधार निर्माणमा गुणस्तरीयता कायम गर्न गम्भिर बन्नुपर्नेमा स्थानियको जोड थियो । विभिन्न स्थानमा सडक कालोपत्र हुने वित्तिकै भत्किने गरेको प्रति स्थानियले जनप्रतिनिधिको ध्यानआर्कषण गराएका हुन् । साथै पालिकाले पन्चवर्षिय योजना बनाएर काम गर्नुपर्नेमा पनि उनिहरुको जोड थियो ।

जवाफ दिदै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले गाँउपालिकाको भवनका लागी जग्गा व्यवस्थापनको काम भईरहेको र डिपिआर निर्माण भईसकेको जानकारी दिनुभयो । गाँउपालिकाले नतिजा देखिनेगरी सबै क्षेत्रलाई समेटेर काम गरिरहेको बताउनुभयो । गाँउपालिका सम्वृद्ध बनाउने गरी दिर्घकालिन योजना बनाएर काम गरिरहेको बताउदै कतिपय योजना संघ र प्रदेश सरकार मार्फत संञ्चालन भएको र ति योजनामा भएको ढिलाईले पनि समस्या निम्त्याएको बताउनुभयो । उहाँले विकास निर्माणका काममा जनताको साथ अपरिहार्य रहेको उल्लेख गर्दै पालिकाकाे समृद्धिका लागी प्रत्येक नागरिकले आफ्नो दायित्वलाई पनि आत्म साथ गर्नुपर्ने ,अधिकार खोज्दै गर्दा दायित्व पनि पुरा गर्नुपर्ने बताउनुभयाे ।


कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत बिशाल मिश्राले पालिकाले हाल सम्म गरेको कामहरुको विवरण प्रस्तुत गर्नुभएको थियोे । शुसासन कायम गर्दे पालिकालाई सम्वृद्ध बनाउने लक्ष्यका साथ काम भईरहेको बताउदै मिश्राले सिमित स्रोत र साधनका बिच काम गर्नुपर्दा केहि कठिनाई भएको उल्लेख गर्नुभएको थियो ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे अध्यक्षता रहेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्वागत पालिका उपाध्यक्ष बासमति हरिजनले गर्नुभएको थियो । भने सहजीकरण रेडियो परासीकाे स्टेसन म्यानेजर बिकाश अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा सरोकारवाल ,विभिन्न संघ संस्थाका प्रमुख तथा पालिकावासीहरुको उपस्थिती रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित