Rashtriya Dainik

क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

मकवानपु,८ पुस

मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीको पर्व क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ ।

शनिबार एक विज्ञप्ति निकालेर गाउँपालिकाले क्रिसमस मनाउन गाउँपालिकाले पुस ८, ९ र १० गते सार्वजनिक बिदा दिएको जानकारी गराएको छ ।

यस अवधिमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित