Rashtriya Dainik

लुम्बिनीमा केसी र थापा मन्त्री बने, आईतवार शपथ

दाङ । लुम्बिनी प्रदेश सरकारमा दुईजना मन्त्री थपिएका छन्। नेकपा माओवादी केन्द्रको तर्फबाट कृष्ण केसी (नमुना) र नेपाली कांग्रेसका तर्फबाट सरोज थापा मन्त्री बनेका हुन्।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उनीहरूलाई मन्त्री नियुक्त गरेका हुन्। उनीहरूको शपथ आइतबारका लागि तय भएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ। केसी बाँकेबाट र थापा प्यूठानबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
थापा चलचित्र क्षेत्रमा ‘रोज राणा’ को नामबाट चिनिन्छन्। उनीहरूलाई यसअघि मुख्यमन्त्रीले सम्हाल्दै आएकामध्येका दुई मन्त्रालय दिइनेछ ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हाल्दै आएका छन्। गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको किचलोका कारण मन्त्रीमण्डललाई पूर्णता दिन सकेका थिएनन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित