Rashtriya Dainik

पत्नी कुटेको आरोपमा भारतीय मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्दा

काठमाडौं । भारतका चर्चित युट्युबर एवम् मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध श्रीमतीलाई कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। नोएडाका डीसीपी हरिश चन्द्रले उनीविरुद्ध एफआईआर दर्ता गरिएको पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ।तर उनलाई अहिलेसम्म पक्राउ गरिएको छैन।घटनासँग सम्बन्धित धेरै भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेका छन्।

नोएडा प्रहरीले सार्वजनिक भिडियोबारे पनि अनुसन्धान भइरहेको जनाएको छ।विवेक बिन्द्राले हालै बिहे गरेका थिए। श्रीमतीका भाइले दिएको उजुरीका आधारमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो।
‘पीडित महिलाको बयान लिइएको छ। विवेक बिन्द्राको बयान अहिलेसम्म रेकर्ड गरिएको छैन। एफआईआर दर्ता भएको धाराअन्तर्गत आवश्यक परे पक्राउ पनि गरिनेछ।’ डीसीपी हरिश चन्द्रले भने ।
विवेक बिन्द्राले ६ डिसेम्बरमा विवाह गरेका थिए। श्रीमतीलाई कुटपिट डिसेम्बर ७ मा भएको बताइएको छ। श्रीमतीसँगको झगडा भएको भिडिओ सामाजिक सञ्जालमा सेयर भइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित