आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन । बिहान चाडो उठ्ने मानिस धेरै स्वस्थ हुने गर्छन ।
पानी पिउनु: हामि साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले उक्त समयमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । खाली पेटमा पानि पिउदा ग्यास्ट्रिक बाट बच्न सकिन्छ ।
बिहानै नुहाउनु: आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ । बिहानै उनाउने मानिस धेरै स्वस्थ हुन्छन ।
योग गर्नुपर्छ: योग स्वस्थ जीवनका लागि एक नभई नहुने कुरो हो । बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।
खुसि रहनुस: ‘मर्निङ्ग शो द डे’ भन्ने गरिन्छ तेसैए बिहान पख सधै खुशी रहन अति आवस्यक हुन्छ । बिहान बिहानै धेरै रिसाउदा वा दुखि हुदा दिउस पख पनि मुड अफ हुन्छ सक्छ । त्यसैले बिहान पख सदै खुसि रहन आवस्यक हुन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

