वीरगंज । भारतको सिमासंग जोडिएको पर्साको ग्रामिण भेगमा पर्ने भिस्वा नाकाबाट प्रहरीकै मिलोमतोमा दैनिक लाखौं बराबरको अबैध कारोबार भईरहेको छ । प्रहरी चौकी भिस्वाका ईन्चार्ज प्रहरी नायब निरिक्षक (सई) प्रेम मिश्राले दैनिक हजारौंको नजराना बुझी दैनिक लाखौं मूल्य बराबरको अबैध कारोबार गराई रहेको पाईएको छ । नेपालको आर्थिक एंव औधोगिक नगरी समेत रहेको वीरगंज भन्सारबाट करिब ७० प्रतिशत राज्सव उठेपछि मुलुकको अर्थव्यवस्था चले पनि पर्साको ग्रामिण भेगमा पर्ने सो नाकाबाट सई मिश्रले पहँुचको दम्भ देखाउँदै दैनिक लाखौं मूल्य बराबरको अबैध कारोबार गराई रहेका छन् । कोरोना कहरका कारण सरकारले नेपाल भारत सीमा सिल गरेको भए पनि सीमावर्ती क्षेत्र भिस्वाबाट मानिस आवतजावत साथै तस्करी धन्दा पनि मौलाएको छ । प्रदेश २ का घुमुवा प्रहरी र वीरगंज भन्सार क्षेत्रमा तैनाथ प्रहरी प्रशासनले केही हदसम्म कडाई गरेपछि तस्करको सेंटिङ्गमा भिस्वा नाकाबाट दैनिक लाखौं मूल्य बराबरको लागु औषध, पेट्रोलियम पद्धार्थ, मरिच, कुखुराको चल्ला, मटर, लता कपडा, हार्डवेयर लगायतका सामान भिस्वाका कुख्यात तस्कर ‘‘मुन्ना’’संग सई मिश्राले सेटिङ्ग मिलाई नेपाल भित्रियाउन सघाउने गरेको स्थानीय तथा त्यसक्षेत्रमा कारोबार गर्ने केही व्यापारीहरुले बताएका छन् । उनीहरुका अनुसार ‘‘मुना’’ ले नै सानादेखी ठुला तस्करको जिम्मा लिई सई मिश्राको मिलोमतोमा कारोबार गराई रहेको र सई मिश्राले माथिल्लो निकायका प्रहरीलाई मिलाएका छन् । प्रदेशका घुमुवा टोलीले केही कडाई गरेपछि सई मिश्रले दिउँसो कुनै कुनै दिन मात्रै कडाई गरेको र रातीमा भने व्यापक तस्करी गराईरहेको स्रोतले जनाएको छ । सई मिश्राले आफ्नै जिम्मामा नेपाल प्रहरी र शशस्त्र प्रहरीलाई मिलाएर बिचौलियाको भूमिका खेल्ने गरेको स्रोतको दाबीे छ । पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्त गएदेखी नै सो नाकाबाट व्यप्त तस्करी मौलाएको हो । सई मिश्राले माथिल्लो तहका प्रहरीसंग साटघाँट मिलाई व्यापक तस्करी गराई मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने काम गरिरहेका छन् । हार्डवेयर, लताकपडा, गुट्खा जस्ता विभिन्न सामानहरु तस्करी हँुदा पर्सेली व्यापारी पनि मर्कामा पर्ने गरेको नाम नराख्ने सर्तमा एक जना कपडा व्यवसायीले बताएका छन् । केही भ्रष्ट व्यापारीहरुले गरेको अबैध कारोबारका कारण ऋण लिएर व्यापार संचालन गरेका आम व्यवसायीहरु पनि मर्कामा पर्ने गरेको ती व्यापारीले दुःखेसो पोखेका छन्् । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।