Rashtriya Dainik

जोगियाभार महिला कृषि सहकारी संस्था कुडियाको ९ औं साधारणसभा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,७ पुस

जोगियाभार महिला कृषि सहकारी संस्था सुस्ता २ कुडिया पश्चिम नवलपरासीको ९ औं साधारणसभा शनिबार सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष अन्जु घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभामा प्रमुख अतिथि समेत रहनुभएका पाल्ही नन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सहकारी विज्ञ, बुद्ध प्रकाश पौडेलले ग्रामीण भेगमा खुलेका सहकारी संस्थाले आफ्नो संस्थालाई बैंक मानेर वित्तीय कारोबार गर्न सकिए संस्थाको प्रगति द्रुत गतिका साथ हुने धारणा राख्नुभयो।

सो अवसरमा संस्थाकी प्रबन्धक कान्ति देवी चौधरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत आर्थिक वर्षमा ३४ हजार २ सय ५० रुपैयाँ शुद्ध नाफा गर्न सकेको जानकारी गराउनुभयो।


२०७२ सालमा स्थापना भएको संस्थामा हाल २१२ महिला सेयर सदस्य आबद्ध रहेको संस्थाले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित