Rashtriya Dainik

एक दिने वृहत निशुल्क स्वास्थ्य शिविर प्रतापपुरको जगन्नाथपुरमा सम्पन्न

आरपि उपाध्याय / नवलपरासी ,७ पुस

नेपाली सेना श्री गोरखदल गण पश्चिम नवलपरासीको आयोजना तथा देवदह मेडिकल कलेज र प्रतापपुर गाउँपालिकाको सहकार्यमा आयोजित एक दिने वृहत निशुल्क स्वास्थ्य शिविर प्रतापपुरको जगन्नाथपुरमा सम्पन्न भएको छ।


एक दिने निशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेना २२ न. बाहिनी अड्डा बुटवलका सहायक रथि ललितबहादुर कुवरले नेपाली सेनाले समय समयमा ग्रामीण भेग तथा स्वास्थ्य पहुच कम भएका स्थानको छनौट गरि सिमा क्षेत्र नजिकमा विशेषज्ञ डाक्टरबाट जनताको आफ्नै घर आगनमा स्वास्थ्य सेवा पुर्याउदै आएको बताउनु भयो।

कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले स्वास्थ्य सेवा,विकासको प्रमुख पुर्वाधार रहेकोले पालिका अन्तर्गतका नागरिकलाई भरपर्दो र विश्वसनीय सेवा दिन पालिका सदैव क्रियाशिल रहने धारणा राख्नुभयो।

एक दिने निशुल्क स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुबाट १३ किसिमको रोगको स्वास्थ्य परीक्षण गरि निशुल्क औषधि वितरण गरिएको नेपाली सेना श्री गोरख दलका गणपति प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठले जानकारी दिनुभएको छ।

स्वास्थ्य शिविरमा प्रतापपुर गाउँपालिका, गोरखदल गण परासी, पृथ्वीचन्द्र अस्पताल परासी, आकाश मेडिकल हल भटौलियाको आर्थिक सहयोगमा वृहत् स्वास्थ्य शिविर सञ्चालन भएको बताइएको छ।

स्वास्थ्य शिविरमा विभिन्न रोग लागेका पुरुष १८२१ र महिला १३५९ गरि कुल ३१७० बिरामीको स्वास्थ्य परीक्षण गरि निशुल्क औषधि वितरण गरिएको थियो।

स्वास्थ्य शिविरमा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, देवदह मेडिकल कलेज व्यवस्थापन समितिका अध्यक्ष गोपाल पोख्रेल, निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यस पुर्व पनि श्री गोरखदल गण परासीले पाल्ही नन्दन गाउँपालिकामा पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारीमा आएको छ।


निशुल्क स्वास्थ्य शिविरमा देवदह मेडिकल कलेजलका २९ विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परीक्षण कार्य गर्नुभएको स्त्री रोग विशेषज्ञ डा. अरुणा पोख्रेलले जानकारी दिनुभएको छ।
सिमावर्ती क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भए लगत्तै जिल्लाको अर्को सिमावर्ती गाउँपालिका सुस्तामा पनि निशुल्क स्वास्थ्य शिविरको माग उठ्न थालेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित